
जाजरकोट, २३ फागुन । बालिका बलात्कारको आरोपमा जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटका एकजना पक्राउ परेका छन् ।
स्थानीय ३ र ५ बर्षीया बालिकाहरुलाई ललाईफकाई बलात्कार गरेको आरोपमा १५ वर्षीय अलेक्जेण्डर नाम परिवर्तनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । उनले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दर्ता गरेका छन् ।
पीडित बालिकाको घरमा उनी खेल्ने बहानामा आउने र दुवै बहिनीलाई बलात्कार गरेको पीडित परिवारको भनाई छ । उनले कसैलाई नभन्नु भनेपछि प्रहरीले प्रकाउ गर्ने भन्दै बालिकाहरुलाई धम्काउने समेत गरेको पाइएको छ । पक्राउ परेका शाहीलाई हिरासदमा राखेर बलात्कारको मुद्दा चलाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















































। २३ फाल्गुन २०७७, आईतवार