दुवै मृगौला फेल : आर्थीक अभावले उपचारमा सकस

जाजरकोट, २२ पुस । दुवै मृगौला फेल भएपछि जीवन मरणको दोसाँधमा अस्पतालको शैयामा छट्पटाइरहेका जाजरकोट नलगाड नगरपालिका ८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका याचना गरिरहेका छन् ।

उपचार गर्दा गदै सवै सम्पती सकिएको भन्दै उनले आफूलाई सहयोग गरेर बचाई दिन अनुरोध गरेका छन् । अत्यन्त विपन्न परिवारका उनी अहिले काठमाडौँ स्थित केएसी अस्पतालमा उपचार गराईरहेका छन् । उनको हप्तामा दुई पटक डाइलोसिस गर्नुपर्छ । गत पुसमा विरामी परेका उनलाई उपचारको लागि काठमान्डौ लगिएको थियो ।

शिक्षण अस्पताल काठमान्डौले दुवै मृगौला फेल भएको पत्ता लगाएको थियो । काठमान्डाँैमै उपचार गराईरहेका उनलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ । आफन्तले मृगौला दिने तयारी गरेपनि आर्थिक अभावले मृगौला प्रत्यारोपन गर्न नसकिएको बस्नेतकी श्रीमती दिलमाया बस्नेतले बताईन् ।

घरको आर्थिक अवस्था निकै नाजुक छ । छोरा, छोरी साना छन् । घरमा कमाई गरिदिने कोही छैनन् । दैनिक छाक टार्न समेत मुस्किल परिरहेको परिवारले मृगौला प्रत्यारोपन गर्न लाग्ने १०÷१२ लाख रुपैयाँ कसरी जुटाउने भन्ने चिन्ताले सताईरहेको छ ।

उनले भनिन्, ‘म श्रीमानलाई बचाउन चाहन्छौ तर हामी सँग पैसा छैन, अहिले सम्म ऋणसाहु गरेर बचायौँ, प्रत्येक हप्ता दुई पटक डायलासिस गर्ने र दुई महिनाको एक पटक रगत दिनुपर्दछ ।’ सहयोग गर्न चाहाने व्यक्तिले ९८६३२८१९४७ मा सम्पर्क गर्नुहोला ।

तपाईको प्रतिक्रिया