राष्ट्र निर्माणमा सहिदको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

प्रेम विश्वकर्मा
जाजरकोट, २२ जाजरकोट ।
राष्ट्र निर्माणमा सहिदको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “जनयूद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर,बेपत्ता योद्धाको शिघ्र खोजी गर” भन्ने नाराका साथ सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन लुम्बिनी प्रदेशले सहिद सप्ताहको अन्तिम दिनको अवसरमा सो कार्यक्रम २१ गते आयोजना गरेको हो ।

दश वर्षे जनयूद्ध र ६२÷६३ को जनआन्दोलनको झ–झल्को बोकेको दाङको सहिद स्मृति विद्यालयमा कार्यक्रमको आयोजना भएको थियो । विद्यालयमा दश वर्षे जनयूद्ध तथा ६२÷६३ को जनआनदोलनमा घाइते,अपाङ्ग,बेपत्ता तथा सहिद भएका सन्ततिहरु पढ्दै आएका छन् । आफ्ना अभिभावकहरुले बगाएको रगत पसिनाको राज्यद्धारा अबमूल्यन भएपछि आफ्ना अभिभावकको अपुरो सपना पूरा गर्नु आफ्नो कर्तव्य भएको सहिद दुर्गाका कान्छा छोरा फाउन्डेशनका लुम्बिनी प्रदेशका अध्यक्ष तेज विक्रम वलिले बताएका छन् ।

महान् सहिदहरु कुनै पार्टी विशेष नभएको र आजको गणतन्त्र नेपाल स्थापना हुनुमा पनि महान् सहित तथा सम्पूर्ण घाइते बेपत्ताहरुको ठूलो देन रहेको वलिले दाबी गरे.। तर राज्यले अहिले सम्म पनि दश वर्षे जनयूद्धमा सहादत प्राप्त गरेका महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा नगरि सहिदहरुको अबमूल्यन गरेको भन्दै आक्रोस पोखेका छन् । आफ्ना अभिभावकहरुको अधुरो सपना पुरा गर्न आफुहरु जस्तो सुकै मुल्य चुकाउन पनि पछि नहट्ने फाउन्डेशनका लुम्बिनी प्रदेशका अध्यक्ष वलिले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा विद्यालयका विद्याथीर्, शिक्षक तथा फाउन्डेशनका पधादीकारीहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा सहभागिहरु मध्य पर्शुराम रोका प्रथम,किरणा खड्का दृतिय र हेमराज भन्डारी तृतिय भएका छन् । फाउन्डेशनले उक्त सहिद स्मृति विद्यालयमा पढाइ रहेका शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।

विद्यालयमा द्धन्द्धपीडित परिवारका करिब ५ सय विद्यार्थीहरु आवासीय रुपमा पढ्दै आएका छन् । त्यस विद्यालयमा पढ्ने धेरैका आमा वा बुबा नभएका अथवा घरको आर्थिक अवस्था कमजोर भएका छन् । त्यस्ता खाले विद्यार्थीहरु आवासीय रुपमा बस्दै आएकाले त्यहाँ पढाउने शिक्षकहरु नै उनिहरुको अभिभावक हुन् ।

त्यहाँका शिक्षकहरुले पढाउने मात्र नभइ अभिभाावकको पनि भूमिका खेलेका र आगामि दिनमा पनि आफ्नो दायित्व सम्झेर द्धन्द्धपीडित सन्ततिहरुको अभिभाकत्व निर्वाह गरुन भनि शिक्षकहरुलाई सम्मान गरिएको फाउन्डेशनका अध्यक्ष वलिले बताए ।

फाउन्डेशनका सदस्यहरु पनि त्यसै विद्यालयका पूर्व विद्यार्थीहरु हुन् । कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष एमेशन चौधरी र शिक्षक माधव महराले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक प्रकाश सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया