
जाजरकोट, २० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले शैक्षिक सुधार अनुगमनको क्रममा स–प्रमाणसहित विद्यालय उपस्थित नहुने शिक्षकलाई कारवाही गरेको जनाएकाे छ ।
भेरी नगरपालिका ८ बुरुङ्गेमा रहेको जनविकास आधारभुत विद्यालयमा लामो समयदेखी विद्यालयमा उपस्थित नहुने उपस्थित भएपनी पढाउने समयमा रक्सी खाने शिक्षकलाई कारवाही गरेको हो । विद्यालयका प्रधानध्यापक दिपेन्द्रजङ्ग शाह करिब लामो समयदेखी स्कुलमा उपस्थित नभएकोले उनलाई विभागीय कारवाही गरी १ महिनाको तलब कटौती गरी शैक्षिक सुधारमा लगानी गर्ने निर्णय भएको अखिल क्रान्तिकारी जाजरकोटका सचिव दिपेन्द्र सिंले जानकारी दिए ।
सोही स्कुलका शिक्षक प्रेमजङ्ग शाह स्कुलमा उपस्थित हुने तर पढाउनु भन्दा ध्यान रक्सिमा हुने रक्सी खाएर बाटोमै सुत्ने जस्ता कार्य गर्दै आएकोले विद्यालयमा सरुवा गर्ने निर्णण समेत गरिएको उनको भनाई छ । उक्त विद्यालयकी शिक्षिका सोविता शाह १ महिनादेखी स्कुलमा उपस्थित नभएकोले निजी शिक्षक बाट हटाउने तयारी भएको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ । विद्यालय व्यवस्थापन समिती विद्यालय प्रति उत्तरदायी नभएकाले वैशाख मसान्तसम्म पुर्नःगठन गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोट, विद्यार्थी, अभिभावक, जनप्रतिनिधिको उपस्तिथिमा उनीहरुलाई कारवाही गरिएको भनाई छ । यता सम्बन्धित शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन ।
यस्तो छ विज्ञप्ती
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) राष्ट्रियता,जनतन्त्र,जनजिविका एंवम शैक्षिक रुपान्तरण शैक्षिक क्षेत्रमा प्रचुर मात्राम भएका बिकृती बिसङ्गतीका विरुद्ध निर्मम संघर्षमा रहेको कुरा यहाँहरुलाई अवगत नै छ । यसै सन्दर्भमा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा न. ८ स्थित जनबिकास आधारभुत विद्यालयमा कार्यरत शिक्षक प्र.अ दिपेन्द्र जङ शाह, शिक्षक प्रेम जङ शाह शिक्षिका सोभिता शाह बिगत लामो समय देखि विद्यालयमा उपस्थित नहुने गरेको पाईएको छ । अध्यापन गराएर हजारौ विद्यार्थीहरुको सुन्दर भबिस्य निर्माण गर्ने शिक्षक आफै अध्यापन नगराएर पढाउने समय रक्सी खानातिर खर्च गर्ने हप्तौं तथा महिनौ उपस्थित नभएको एकैपटक हाजिरी लगाई तलब बुझ्ने गरेपछी त्यो समस्यालाई मध्यनजर गर्दै सोही विद्यालयमा अध्यनरत विद्यार्थी,अभिभावक र वडाप्रतिनिधीहरुले बिधालयमा तालाबन्दी गरि हाम्रो संगठनलाइ गुनासो गरेको कुरा सम्बन्धित निकायलाई अवगत गराउन चाहान्छौँ ।यसै क्रममा हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) बिद्यार्थी,अभिभावक,बुद्धिजीवी र वडा प्रतिनिधिको गुनासोलाई मध्यनजरगर्दै उक्त बिधालयमा अनुगमन गर्दा निज शिक्षक, दिपेन्द्र जङ शाह, प्रेम जङ शाह र शिक्षिका सोभिता शाह बिगत १ महिना देखि कुनै पनि किसिमको बिदा तथा प्रशासनलाई कुनै जानकारी नगराई अनुपस्थित रहेको स–प्रमाण भेटिएकोले विद्यालयको बैठक बसाली विद्यार्थी,अभिभावक,बुद्धिजीवी र वडाप्रतिनिधीको माग अनुरुप संगठनको उपस्थितिमा शिक्षक प्र.अ दिपेन्द्र जङ शाहलाई बिभागिय कारवाही गरि १ महिनाको तलब कटौती गरि तलब शैक्षिक सुधारतिर लगानी गर्ने प्रेम जङ शाहलाइ अन्य विद्यालयमा सरुवा गर्ने शिक्षिका सोभिता शाहलाई निजि शिक्षकबाट हटाउने र ब्यबस्थापन समिती विद्यालयप्रती उत्तरदायी नभएकाले बैसाख मसान्तसम्म पुर्नःगठन गर्ने निर्णय गरेको सम्बन्धित निकायहरुलाइ जानकारी गराउन चाहान्छौँ । श्रमजीवी जनताको पसिना बगाएर राज्यलाई तिरेको करबाट तलब खाने जनताका छोराछोरीलाई सुन्दर भबिस्यतर्फ अग्रसर गराउने जिम्मेवारी लिएको शिक्षक शिक्षिकाबाट गरिएको यसप्रकारको गैरजिम्मेवारी गतिविधिप्रती संगठनको ध्यानाकर्षण भै यसप्रकारको निर्णय गर्न बाध्य भएको हो ।
सरकारी तलब खाएर आफ्नो कर्तव्य पूरा नगर्ने प्रत्यक्ष रुपमा विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड गर्ने यस्ता प्रवृत्ति भएका शिक्षक शिक्षिकालाइ सबैको उपस्थितिमा बिधालयमा बैठक बसी गरिएको यो निर्णय पालन गर्न अनुरोध गर्दछौँ । यदी अटेर गरि निर्णय बेगर काम गरेमा हाम्रो संगठन कठोरतापुर्बक संघर्ष गर्ने यसै बिज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौँ ।
बोधार्थः
१)श्री जनबिकास आधारभुत विद्यालय भेरी नगरपालिका ८ बुरुङ्गे जाजरकोट ।
२) भेरी नगरपालिका नगर शिक्षा शाखा जाजरकोट ।
३) जिल्ला शिक्षा समन्वय इकाई जाजरकोट ।
४) जिल्ला प्रशासन कार्यलय जाजरकोट ।
अखिल (क्रान्तिकारी) जाजरकोट का अध्यक्ष बिराजन शाहिले भन्नुभयो हामी शैक्षिक सुधारका लागि निरन्तररुपमा आन्दोलनमै छौँ । विद्यार्थीको भबिस्यामाथी खेलवाड गर्ने शिक्षक अथवा जो कोहि भएपनी हामी छोड्ने छैनौँ । बोधार्थ सहित हामिले सम्बन्धीत निकायलाई जानकारी गराएका छौं यदि हामिले गरेको निर्णयलाई अटेर गरे कडा आन्दोलनमा उत्रनेछौँ ।

















































। २० फाल्गुन २०७७, बिहीबार