कोरोना खोप अभियान : जाजरकोटमा दोस्रो चरणमा २२ हजार भन्दा बढीले पाउने

May be an image of 4 people, including Bir Raj Singh, people sitting and indoor

बारेकाेट गाउँपालिकाकाे तयारी : तस्वीर काली थापा

जाजरकोट, २० फागुन । आगामी फागुन २३ गते देखि सञ्चालन हुने कोरोना खोप अभियानको दोस्रो चरणमा जिल्लामा २२ हजार ७ सय एक जनालाई खोप दिने तयारी भएको छ ।

आईतबार जिल्ला खोप समन्वयन समितीको वैठकले दोस्रो चरणमा पहिले छुटेका र नयाँ गरी उक्त संख्यामा खोप दिने तयारी गरिएको हो । जिल्लाका सात वटै स्थानीय तहहरुमा खोप केन्द्र समेत निर्धारण गरिएको छ ।

जसअन्र्तगत बारेकोट गाउँपालिकामा पहिलो चरणमा छुटेका १ सय १८, ५५ बर्षदेखि माथिका २ हजार ५ सय ९८, शिक्षक तथा अन्य कर्मचारी ३ सय १६ जना र यातायात मजदुर ३४ जना गरी ३ हजार ६६ जनालाई खोप दिने तथ्यांक छ । नलगाड नगरपालिकामा पहिले छुटेका ५०, ५५ बर्ष देखि माथीका ३ हजार ८ सय ८६, शिक्षक तथा कर्मचारी ३ सय ५२ र यातायात मजदुर ८६ जना गरी ४ हजार ३ सय ७४ जना रहेका छन् ।

भेरी नगरपालिकामा १ सय ३४ छुटेका, ३ हजार ७ सय ३५ जना ५५ बर्ष भन्दा माथीका, शिक्षक तथा अन्य कर्मचारी ४ सय ४१, यातायात मजदुर १ सय ८८ गरी ४ हजार ४ सय ९८ जना रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

शिवालय गाउँपालिकामा पहिले छुटेका १३ जना, ५५ बर्ष माथीका ९ सय ९, शिक्षक तथा कर्मचारी २ सय तीन, यातायात मजदुर १० जना गरी १ हजार १ सय ३५ जना रहेका छन् । छेडागाड नगरपालिकामा पहिले छुटेका २७, ५५ बर्ष भन्दा माथीका, ३ हजार २ सय ४०, शिक्षक तथा अन्य कर्मचारी ४ सय १८, यातायात मजदुर ६९ गरी जम्मा ३ हजार ७ सय ५४ जना रहेका छन् ।

यस्तै जुनीचाँदे गाउँपालिकामा पहिले छुटेका ४१, ५५ बर्ष माथिका, ३ हजार १ सय १८, शिक्षक तथा अन्य कर्मचारी ३ सय ९७ र यातायात मजदुर ५७ गरी ३ हजार ६ सय १३ जनालाई दिने तयारी गरिएको छ । कुशे गाउँपालिकामा पहिले छुटेका ४५, ५५ बर्ष माथिको १ हजार ७ सय ८०, शिक्षक तथा अन्य कर्मचारी ३ सय ७९ र यातायात मजदुर ५७ जना गरी जम्मा २ हजार २ सय ६१ जनालाई खोप दिईने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप फोकल प्रर्सन शान्तराज बुढाथोकीले जानकारी दिए ।
१ सय ९४ खोप केन्द्र तोकियो
दोस्रो चरणको कोरोना खोप सञ्चालनमा १ सय ९४ खोप केन्द्र तोकिएको छ । ५५ बर्ष भन्दा माथिका व्यक्तिलाई पायक पर्ने ठाउँमा खोप केन्द्र तोकिएको हो । जसअन्र्तगत बारेकोटमा, २२ नलगाडमा ४७, भेरीमा ३२, शिवालयमा १७, छेडागाडमा ३१, जुनीचाँदेमा २२ र कुशे गाउँपालिकामा २३ खोप केन्द्र तोकिएको छ ।

खोप दिने स्वास्थ्यकर्मी अन्र्तगत बारेकोटमा ४४, नलगाडमा ७२, भेरीमा ६४, शिवालयमा ३४, छेडागाडमा ६२, जुनीचाँदेमा ४४, कुशेमा ४६ गरी जम्मा ३ सय ६६ स्वास्थ्यकर्मी खटाइएको छ । १ हजार ५ सय ५० मास्क, सेनिटाइजर ३१, सेप्टी बक्स २ सय ५२, सिरिन्ज २५ हजार १ सय ९८, खोप भायल २५ सय २० र ४ सय ९० जना स्वयंसेविका खटाइएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । बारेकोटमा आगामी २३ देखि २८, नलगाडमा, २३ देखि २८, भेरीमा २३ देखि २९, शिवालयमा २३ देखि २८, छेडागाडमा २४ देखि २८, जुनीचाँदेमा २४ देखि २९ र कुशेमा २३ देखि २९ सम्म खोप शिविर स्ञ्चालन गरिने भएको छ । सबैलाई पायक पर्ने ठाउँमा गएर कोरोनाको खोप लिन समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया