कुशेमा फेरि पहिरो, नेपाली काङ्ग्रेसको किल्ला रित्तियो

May be an image of 1 person, standing and outdoorsजाजरकोट, १८ फागुन । नेपाली काँग्रेसको किल्ला मानिएको कुशे गाउँपालिकामा १ सय ७६ जनाले नेकपा प्रवेश गरेका छन् । प्रचण्ड माधव समुह जाजरकोटले गाउँपालिकाको वडा नं. १ टापुचौरमा गरेको विशाल जनसभामा उनीहरुले प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा जाजरकोटका अध्यक्ष ढकबिर राना, बिशेष अथिति कर्णाली प्रदेश माननीय तथा जिल्ला सचिव करबिर शाही प्रदेश कमिटी सदस्य यज्ञ खत्री, जिल्ला कमिटी सदस्य तप्त हमाल लगायतले उक्त कार्यक्रम सम्बोधन गरेको अनेरास्ववियूका केन्द्रिय सदस्य ज्ञानु खड्काले जानकारी दिए ।

May be an image of one or more people, people standing, outdoors and crowd

उक्त कार्यक्रमको अध्यक्षता नेकपाका वरिष्ठ नेता कालीबहादुर सिंहले गरेका थिए । पछिल्लो समय नेपाली काँग्रेसले कुशे गाउँपालिकामा आफ्नो किल्ला भएको घोषणा गर्दै आएको छ । तर पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको कार्यक्रममा १ सय ७६ जनाले प्रवेश गर्नु नेकपा कमजोर नभएको नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया