फेल हुनेलाई शिक्षक बनाए फेल हुने विद्यार्थी नै उत्पादन गर्छ :  नगर प्रमुख घर्ती

प्रेम विश्वकर्मा
जाजरकोट, १८ फागुन । फेल भएकालाई शिक्षक बनाए फेल हुने विद्यार्थी नै उत्पादन गर्ने भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले बताएका छन् ।

शिक्षक छनोट समितिले प्रा.वि तहको शिक्षक दरबन्दी पु्रा गर्न सोमबार लिएको परीक्षामा कोही पनि पास नभएपछि पत्रकार सम्मेलन गर्दै घर्तिले यस्तो भनेका हुन् । भेरी नगरपालिकाको समन्वयमा ८ वटा पदका लागि भेरी नगरपालिकाका ८ वटा प्रा वि को संयक्त परीक्षा भेरी ज्ञानोदय क्याम्पसमा गरिएको थियो ।

४० जनाले दिएको दरखास्तमा उपस्थित १७ जना प्ररिक्षार्थी मध्य एकजना पनि पास नभएपछि पत्रकार सम्मेलन राखिएको थियो । “शैक्षिक क्षेत्रमा यस्तो अवस्था देख्दा हामी निकै कमजोर ठहरिएका छौँ”,घर्तिले दुःख व्यक्त गरे । समाज रुपान्तारणको मूल आधार शिक्षा रहेकोले नगरपालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्न निश्पक्ष ढङ्मा परिक्षा गरेको उनले बताएका छन् ।

यसो गर्दा कसैका गोजि भरिने र कसैका गोजि रित्तिने क्रम बन्द भइ भ्रष्टचार न्यूनिकरणसँगै शिक्षाको गुणस्तरमा प्रभाव पर्ने घर्तिले भनाइ राखेका थिए । यसरी परिक्षा गर्न हाम्रा लागि निकै कठिनपूर्ण अवस्था थियो,अझ भनौ १० वर्षे जनयुद्धभन्दा पनि शक्तिशाली क्रान्ति गरेको घर्तिले बताएका थिए । परिक्षा सञ्चालन गर्न करिब ३ लाख खर्च लागेको भेरी नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दल बहादुर घर्तिले बताएका छन् । नगरको शैक्षिक गुणस्तर बढाउन जति नै खर्च लागे पनि आगामी परिक्षाहरु यसरी नै सञ्चालन गर्ने बहादुरको भनाइ छ ।

आगामि दिनमा हुने परिक्षाको प्रश्न शैलि अझ फरक बनाउने तयारी भएकाले परिक्षार्थीहरुलाई मेहनतका साथ तयारी गर्न उनले आग्रह गरेका छन् । प्रा वि तहको परिक्षाको फेरी १५ दिनको म्याद थपि सुचना प्रकाशन गर्न विद्यालयलाई आग्रह समेत गरेका छन् । परिक्षा पारदर्शि बनाउन र विद्यालयलाई दक्ष शिक्षक नियूक्ति दिन यसरी परिक्षा गरेको नगर शिक्षा शाखा प्रमुख अमृत पुनले बताएका छन् ।

भेरी नगरपालिकाको अनुदानमा भेरी नगरपालिका भित्रका विद्यलयहरुमा राहत शिक्षक राख्न लागिएको छ ।सोही शिक्षक छनोटका लागि परिक्षा गर्न लागिएको हो । यस्तै नि मा वि तहमा १२ पदका लागि ११ विद्यालयको संयूक्त परिक्षा १९ गते बुधबार हुनेछ । क्रमस मा वि तहको पनि यसैगरि परिक्षा हुने शाखा प्रमुख पुनले बताएका छन् ।उक्त परिक्षा नगरपालिका,शिक्षा विज्ञ,वि.व्य.स र विद्यालय प्रधानाध्यापकहरु निगरानीमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया