जाजरकोट, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटले जिल्लाका सम्पुर्ण स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।
छात्राहरुलाई आत्मासुरक्षा तालिमको माग गर्दै सोमबार भेरी नगरपालिका,नलगाड नगरपालिका,छेडागाड नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । अन्य सबै स्थानिय तहमा पनि बुझाइने जिल्ला अध्यक्ष बिराजन शाहीले जानकारी दिए ।
अहिले देशव्यापी रुपमा महिला हिंसा,बलात्कार र हत्याका घटनाहरु शृङ्खलावद्द रुपमा घटिरहेका छन् तर राज्य भने अँझै जनतालाई दमन, अत्याचार, गरिरहेको भन्दै ज्ञापनपत्र बुझाएको उनको भनाई छ ।
आवश्यक अनुसन्धान गरि दोषीलाई कारवाही गर्नुको सट्टा गुण्डा, हत्यारा, बलात्कारी, र भ्रष्टाचारीलाई संरक्षण गरिरहेको समेत उनले बताए ।
यस्तो छ ज्ञापनपत्र
हाम्रो महान तथा गौरवशाली सङ्गठन अखिल ( क्रान्तिकारी ) राष्ट्रियता , जनतन्त्र एबम जनजिबिका र शैक्षिक रुपान्तरणका निम्ति निरन्तर संघर्षरत छ । संसदिय व्यवस्थामा उत्पन्न पछिल्लो सङ्कट अर्थात संसद विघटन र पुनः स्थापना सम्म आउदा जनताको निमित्त न हर्ष न बिष्मातको अवस्था छ । राष्ट्र एकपछि अर्को सङ्कटको भुमरीमा भासिदै गएको छ ।जनताको जिबन दिनानुदिन सङ्कट र असन्तुष्ट बन्दै गइरहेको छ । राज्यको जवाफदेहीता सुन्यप्राय छ ।
आज बर्गिय ,क्षेत्रीय , जातिय , लिङ्गिय , धार्मिक तथा साम्प्रदायिक उत्पिडनले देश आक्रान्त बनिरहेको छ । महिला हिंसा ,बलात्कार , हत्याले सिमा नाघेको अवस्था छ । महिला माथिको निरन्तरको लिङ्गिय उत्पिडनका कारण महिला हक अधिकार र सशक्तीकरणको पक्ष कमजोर बनिरहेको कुरा स्पष्ट नै छ । यति मात्रै होइन आज नागरिकको वैयक्तिक स्वतन्त्रता र सुरक्षा सामाजिक सुरक्षा ,सामाजिक न्याय र न्यायिक स्वतन्त्रताको सवाल माथि गम्भीर प्रश्न खडा भएको छ । समग्रमा राज्यको भुमिका नै निष्प्रभावी छ ।
महिला माथिको घरेलु हिंसा , जबर्जस्ती करणी , बलात्कार र हत्याको प्रतिरोध गर्न स्वयं महिलाहरु पनि सशक्त हुनुपर्ने मान्यता सहित महिलाहरुका निम्ति आत्मसुरक्षा एबम प्रतिरोध तालीमको प्रदान गर्न जरुरी भएको छ । तसर्थ यस किसिमका अमानवीय क्रियाकलापको प्रतिरोधका लागि यस पालिका अन्तरगतका सबै स्कुलहरुमा छात्राहरुलाइ आत्मसुरक्षा सम्बन्धि तालीमको अनिवार्य व्यवस्था गर्न यो माग पत्र पेश गर्दछौ । साथै हरेक टोल टोलमा महिलाहरुलाइ आत्मसुरक्षा सम्बन्धि सचेतना सहितको तालिम सन्चालन गर्न माग गर्दछौ ।
अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाहको हस्ताक्षर गरिएको मागपत्रमा आफ्ना मागहरु स्पष्टरुपमा लेखिएको छ । यदि यी मागहरुको सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिने पनि अखिल (क्रान्तिकारी) को चेतावनी छ ।

















































। १७ फाल्गुन २०७७, सोमबार