उपचारको पर्खाइमा अस्मिता रोकाय ;मुल्साम

जाजरकोट

जाजरकोट-बारेकोट गाउँपालिका वडा नम्बर ३ दिपेन्द्र मा.बि मुल्साममा बालशिक्षामा अध्यायनरत अस्मिता रोकायको अबस्था अरु विद्यार्थी भन्दा फरक रहेको छ् । रोकाय असामान्य अबस्थामा रहेकोे हुँदा बिद्यालयका सबै अभिभावकहरु,शिक्षकहरुलाई चिन्ता मान्न थालेका छन्। रोकाय जन्मदा नै गाला र घाटीको भागमा गल गाडो थियो ।
जाजरकोट जिल्लाको बिकट बस्ती पहाडा मुल्साममा सम्भावनाले भरिएको तर राज्यको ध्यान पुग्न नसकेको ठाउँमा हुर्केकि अस्मिताको परिवारीक अबस्था नाजुक रहेको छ्। रोकायका बुवा आमा कृषि पेशामा आबद्ध रहेका छन् भने उपचारका लागि पहल गर्ने हाम्रो पहुँच मिडिया मार्फत आह्वान गरेका छन् भने रोकायको गालामा गल गाडो उपचारका लागी दार्ती निकाय,सामाजिक संस्थाहरु सम्म छोरीको समस्या पुगाइदिनु भन्दै आसु निकाल्दै आमा भाबुक भएकी थिइन् ।

तपाईको प्रतिक्रिया