अध्यक्ष शाहीको पहलमा पीडित परिवारलाई राहत विमा

माटोको ढिस्कोले पुरिएर मृत्यु महिलाको परिवारलाई बिमा राहत रकम

शिवालय गाउँपालिका-जाजरकोट बेलायती सहयोग नियोग (UKaid) को सहयोगमा संचालित ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत निर्माणाधिन बालुवा सानिमेला सडक खण्डमा सडक मर्मत सम्भार रुपमा कार्यरत शिबालय गाउपालिका वडा नम्बर ९ निवासि बिर्मी बुढा काम गरिरहेको अबस्थामा मिति २०७७|१०|२७ गतेका दिन माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको थियो।

पीडित परिवारका सदस्य श्रीमान् रुपसिङ बुढा लाई बिमा बापत रकम रु ७०००००(सात लाख) को चेक गाउँपालिका अध्यक्ष नरेन्द्र साहिले हस्तान्तरण गर्नुभएको छ्।

उक्त रकम उहाँका बालबच्चा को पालन पोसन शिक्षा दीक्षा र पारिवारिक ब्यबस्थापनमा खर्च गर्नको लागी समेत अनुरोध गर्नुभएको छ्। पीडित परिवारलाइ अबस्यक परेको खण्डमा निरन्तर रूपमा गाउँपालीकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले प्रतिब्द्द्ता जनाउनु भयो।

तपाईको प्रतिक्रिया