जनसरोकार मञ्च जाजरकोटको अध्यक्षमा संगीता

No description available.

जाजरकोट, १५ फागुन । जनसरोकार मञ्च जाजरकोटको अध्यक्षमा संगीता सुनार चयन भएकी छिन् । संस्थाको १० औँ साधारण सभा बाट सुनारलाई अध्यक्षमा चयन गरिएको हो ।

जसअन्तर्गत, संगिता सुनार अध्यक्ष, दलविर नेपाली उपाध्यक्ष, प्रविन विक सचिव, निर्मला विक कोषाध्यक्ष,धर्मराज परियार सह सचिव चयन भएका छन् ।

No description available.

जसको सदस्यमा पम्फा लुहार, भक्तबहादुर सुनार, मनिषा परियार, मनोज सुनार रहेको छन् । यस्तै, सल्लाहकार समितीको संयोजकमा गोपाल बहादुर नेपाली, सदस्यमा देवि नेपाली र दिपक नेपालीले जिम्मेवारी पाएका छन् ।

२०६३ सालमा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । अध्यक्ष सुनारले अव जाजरकोटका विभिन्न सामाजिक कार्यहरु तीव्र गतिमा गर्ने बताईन् । यसभन्दा पहिले उक्त संस्थामा अध्यक्षमा गोपाल बहादुर नेपाली थिए ।

तपाईको प्रतिक्रिया