बालबालिकामा इन्टरनेटको लत : अभिभावक भन्छन्,‘छुँदैनन् कापी कलम, छोड्दैनन् मोबाइल’

                                                   फाइल तस्वीर
कालीबहादुर नेपाली
जाजरकोट, ८ फागुन । पछिल्लो समय जाजरकोटमा इन्टरनेटको लतमा बालबालिहरु फसेको देखिन्छ । विद्यालयको पढाईलाई छोडेर घरमा गई मोबाइलमा भएका गेम, भिडियो, टिकटक हेर्ने गरेको अभिभावकहरुले गुनासो गर्ने गरेका छन् ।

कोरोना माहाकारीका कारण अनलाईन कक्षा सञ्चालनको बहानामा सिकेका बालबालिकाहरुको झनै ईन्टरनेट तिरको लतमा फसेको देखिन्छ । बारेकोट गाउँपालिकाका २ का १८ बर्षका प्रकाशको ध्यान इन्टरनेटमा माछाको प्रखाईमा बसेको बकुल्ला जस्तै हुन्छ । उनी २४ सैँ घण्टा अनलाईनमा नआए उनले खाना खान बिर्सेको जस्तो हुन्छ ।

उनले भने, ‘म अनलाईनमा नआए खाना खान बिर्सेको भन्दा कम हुदैन् जव ईन्टरनेटमा आएर यूटुव खोल्छु त्यस पछि मन शान्त हुन्छ र खाना खान जान्छु ।’ यो भनाई बारेकोटका प्रकाशको मात्र होइन, जाजरकोटका बालबालिका देखि सबैको वास्तविक कथा हो । बारेकोट गाउँपालिका २ का जैसरी नेपालीको ५ बर्षको छोरा छ । उनी भन्छिन्, ‘छोरालाई दिउँसो खेलेपनि बिहान बेलुका छोरालाई मोबाइल नभई हुँदैन, ‘खाना खाने टाइममा त्यो मान्दैन, रुन्छ भन्ने डर लाग्छ अनि चलाउन दिने गरेको छ ।’

उनीहरु सदरमुकाम खलंगामा भाडाको कोठामा बस्दै आएका छन् । भेरीनगरपालिका ३ बस्दै आएकी तोल्मा विकको पनि दुई वर्षको बच्चालाई खाना खुवाउने बेला मोबाइल देखाउनुपर्छ । तोल्माले भनिन्, ‘त्यति धेरै गाह्रो पनि होइन, त्यति धेरै सजिलो पनि होइन, खाना खाने बेलामा चाहिँ मोबाइल, गेम देखाउनुपर्छ ।’ हिजोआज गाउँ होस् यो शहर, मोबाइल बिना बालबालिकाले न खाना खान्छन् न गृहकार्य गर्छन् ।

मनो चिकित्सकहरुका अनुसार खाना खाँदा र खुवाउँदा गरिने अन्तरक्रिया, कथा सुनाउँदा बच्चाले गर्ने कल्पना कलिलो दिमागको वृद्धि विकासका लागि निकै सहयोगी हुन्छ ।

तर आजकाल टिभी र मोबाइल हेर्दै खाना खाँदा बच्चाहरुले न खानाको स्वाद थाहा पाउँछन् न वास्ना । मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरुको अत्यधिक प्रयोगले बालबालिकाको खाने, सुत्ने र पढ्ने समय बिगारेको मात्रै छैन विभिन्न मानसिक समस्या समेत निम्त्याएको छ ।

ईन्टरनेट प्रयोगले बालबिवाह बढ्दै
पछिल्लो समयमा बावुआमाले गरिदिने विवाहको अन्त्य भएपनि विभिन्न समाजिक सञ्जालको प्रयोगले बालविवाह बढेको पाइन्छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं.२ का राजेन्द्र विक पढाईको सिलसिलमा सुर्खेतको छिन्चुमा छन् । उनले मोबाइल चलाउन थालेको झन्डै २ बर्ष भयो । फेसबुक बाट नैँ उनको गाउँकै माया विक संग विहे गरे । राजेन्द्रले भने, ‘आज आएर थाहा भयो सानै उमेरमा विहे गर्नु राम्रो होइन तर फेसबुकले बालविवाह गर्न बाध्य बनायो ।’ नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले जाजरकोटमा परम्परागत गरिने मागी विवाह अन्तय भएपनि सामाजिक सञ्जालले बालविवाह बढाएको बताए । बालबालिकाले सामाजिक सञ्चालन बाट धेरै विवाह गर्ने र सम्बन्ध विच्छेदका घटनाका बढी घटेको पाईन्छ ।

लागुऔषधको लत भन्दा जटिल इन्टरनेट
पछिल्लो समय बालबालिका ईन्टरनेटको लत लागुऔषधको भन्दा जटिल बन्दै गएको छ । यो लागुऔषध भन्दा पनि जटिल बन्दै गएको जानकारहरु बताउँछन् । हिरोइन, कोकीन जस्ता लागू औषधका दुव्र्यसनीजस्तै जटिलता इन्टरनेट र उपकरणको लतले निम्त्याएको छ । इन्टरनेटको ज्याँदा प्रयोगले बालबालिकाको सिकाईमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ ।

नेपालमा इन्टरनेटको ज्याँदा प्रयोगले बालबालिकाको मष्तिष्कमा कस्तो असर गरेको छ भनेर विशेष खालका अध्ययनहरु नभए पनि अन्य देशमा भएको अध्ययन हेर्दा र आफू कहाँ आउने बालबालिकालाई हेर्दा आफूले यस्तो पाएको उनीहरु बताउँछन् ।

१० देखि १८ वर्ष मुनिका बालबालिकामा गरिएको एक सर्वेक्षण अनुसार ७२ प्रतिशतले इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । त्यो क्रममा प्रत्येक ४ जना बालिकामध्ये १ जना र ६ जना बालकमध्ये १ जना दुव्र्यवहारमा पर्ने गरेका छन् ।

इन्टरनेटको ज्याँदा प्रयोगले बालबालिकाको सिकाइमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ । साथीहरुसँग जम्मा भएर बालबालिकाले चौरमा खेल्ने विभिन्न खेलहरु हिजोआज हराइसकेको छ । बालबालिका घण्टौं मोबाइलमा गेम खेल्ने गर्छन् ।

बाहिर उज्यालो चौरमा उफ्रने, दौडने गर्दा शरीर चुस्त हुनुका साथै दिमाग पनि स्फुर्त हुन्छ । प्रत्येक दिन कम्तीमा एक घन्टा विभिन्न किसिमका कसरत र खेल बच्चाहरूको उच्चतम विकासका लागि अपरिहार्य मानिन्छ । इन्टरनेटले बालबालिकालाई नयाँ कुरा थाहा पाउन र गृहकार्य गर्न सघाउँछ । तर बालबालिकाहरूलाई दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु नहुने विज्ञहरु बताउँछन् । इन्टरनेट र विभिन्न उपकरणको अत्यधिक प्रयोगले बालबालिकालाई अभिभावक र साथीहरुबाट पनि विस्तारै टाढा बनाउँदै लगेको छ ।  #भेरीमालिका#

तपाईको प्रतिक्रिया