बार्षिक उत्सवमा बृद्धबृद्धाहरुलाई न्यानो कपडा

जाजरकोट, २२ माघ । शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठान जाजरकोटले बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरेको छ । प्रतिष्ठानले चौथो वार्षिकउत्सवको अवसरमा अमेरिकी सेनामा कार्यरत भरतसिंह पेलाको सहयोगमा बृद्धबृद्धाहरु, एकल महिला, अपांग, निम्न बर्गकालाई बलांकेट बितरण गरेको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।

प्रतिष्ठानले जाजरकोट छेडागाड नगरपालिका ९ का बृद्धबृद्धा, एकल महिला, अपांग, निम्न बर्गका ५४ जना र पजारु स्वास्थ्य चौकी बर्थिङ्ग सेन्टरलाई १ वटा गरि ५५ वटा बलांकेट न्यानो कपडा छेडागाड नगरपालिकाका मेयर लालबहादुर महताराको प्रमुख आतिथ्यमा बितरण गरेको अध्यक्ष अधिकारीले बताए ।

प्रतिष्ठानले बितरण गरेको न्यानो कपडा बलांकेट सहयोग गर्ने बैतडी दशरथ नगरपालिका ६ कुरालामा बाबू लक्षमण सिंह पेला र आमा जैमती देबि पेलाको कोखबाट २०३९ सालमा जन्मेका भरत सिंह पेला हुन । उनी बैतडीमा जन्मेपनि पछि बसाइँसराईगरि धनगढी उपमहानगरपालिका २ मा आएका थिए ।

अमेरिकी सेनामा कार्यरत भरतसिंह पेला प्रारम्कि शिक्षा हुँदै उच्च शिक्षा त्रिभुवन बिश्वबिद्यालयबाट पूरागरि परिवार सहित हाल अमेरिकाको हवाई राज्यमा बसोबास गरिरहेका छन । पेलाको आर्थिक सहयोगमा न्यानो कपडा बितरण गरिएको स्वर्गीय शारदा अधिकारीका जेठा छोरा तथा शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीको भनाइ छ ।

प्यान्कृयाज क्यान्सरको कारण २०७२ साल मंसिर १२ गते छेडागाड नगरपालिका ९ निवासी शिक्षिका शारदा अधिकारीको ४९ बर्षको उमेरमा असामहिक निधन भएको थियो । प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार सामाजिक क्षेत्रमा सेवा गर्ने उदेश्यले बिपन्न, अपांग, बृद्धबृद्धाहरु, एकल महिला, अपांग, टुहुरा बेसाहारा बालबालिका, निम्न क्षेत्र र बर्गका ब्यक्तिहरुलाई सहयोग गर्न शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानको स्थापना गरिएको हो ।

विगतदेखि प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यसअघि पनि छेडागाड नगरपालिकाका बैंक सम्म जान नसक्ने बृद्धबृद्धाहरुको बृद्ध भत्ताको लागि ग्लोबल आईएमइ बैंकका कर्मचारीलाई प्रतिष्ठानले खर्च ब्यबस्थापन गरी बृद्धभत्ता भुक्तानी सहज बनाउन अर्जुन अधिकारीको घरमा बोलाएर खाताको लागि फारम भर्ने काम गरेको थियो । बिगत बर्षहरुमा प्रतिष्ठानको लगानीमा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले संस्कृतिक कार्यक्रम समेत गरेको थियो ।

भने गत बर्ष भलिबल प्रतियोगिता गरि प्रतियोगीलाई क्रमश प्रथम द्वितीय र तृतीय लाई ३०, ४० र ५० हजार र सांस्कृतिक कार्यक्रममा प्रथम द्वितीय र तृतीयलाई १०, १५ र २० हजार नगद दिएर प्रतिष्ठानले पुरस्कृत गरेको उनले बताए ।

आगामी बैशाख महिनामा बिपन्न आर्थिक अवस्थाका महिलाहरुको पाठेघरको जाँच र बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्ने उदेश्य सहित निशुल्क स्वास्थ्य शिबिर संचालन गरिने प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।

प्रतिष्ठानले न्यानो कपडा बितरण गरेकोमा स्थानीय बृद्धबृद्धाहरु खुशी भएका छन भने अन्य मान्छेहरुले प्रतिष्ठानको प्रशंसा गरेका छन । यस्ता सेवा मुलक काम नियमित रूपमा हुनुपर्छ, कपडा बितरण गर्दा खुशी छौ बिर्मी अधिकारीले भनिन् ।

तपाईको प्रतिक्रिया