
जाजरकोट, १७ माघ । नेपाल यूवा परिषद जाजरकोटद्धारा एक सय विद्यार्थीलाई सुइँटर वितरण गरिएको छ । नलगाड नगरपालिका वडा नं ६ पिउली स्थित जनप्रिय प्राथमिक विद्यालयका विपन्न तथा दलित बालबालिकालाई सुइँटर वितरण गरिएको नेपाल यूवा परिषद जाजरकोटका संयोजक प्रविन विकले जानकारी दिए ।
वीवीसी नेपाली सेवामा कार्यरत प्रकाश पन्त र नेपाल युबा परिषद जाजरकोट विशेष पहलमा वितरण गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कर्णाली प्रदेश सुर्खेतमा कार्यरत व्यवसायी बखत शाहीको आर्थिक सहयोगमा सुइँटर वितरण गरिएको हो ।

उक्त विद्यालयमा अध्यनरत विद्यार्थी भाईबहिनी अधिकांस दलित तथा जनजाति परिवारका रहेका छन । उनीहरुको परिवारमा तीन महिना मात्र खान पुग्ने भएकोले मजदुरीका लागि भारततिर जाने गरेको पाईन्छ । यस्तै समस्याका कारण विद्यालयमा अध्यनरत्त विद्यार्थीलाई सुइँटर वितरण गरिएको विकको भनाई छ ।

















































। १७ माघ २०७७, शनिबार