
प्रेम विश्वकर्मा
जाजरकोट, १६ माघ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल जाजरकोटले सहिद पार्क सरसफाई गरी सहिद दिवस मनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल भेरी नगर कमिटीको आयोजना तथा भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाको समन्वयनमा सहिद पार्क सरसफाई गरी सहिद दिवस मनाईएको हो । प्रत्येक बर्ष माघ १६ गते सहिद दिवस मनाईन्छ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल भेरी ज्ञानोदय क्याम्पस कमिटी तथा भेरी त्रिवेणी माद्यामिक विद्यालयमा रहेको त्रिवेणी शान्ती बालक्लवले रिम्नामा रहेको सहिद पार्कको वरीपरी सरसफाई गरी सहिद दिवस मनाइएको प्राज्ञिक विद्यार्थी परिषद नेपाल भेरी ज्ञानोदय क्याम्पस कमिटी अध्यक्ष सुनिता शर्माले जानकारी दिईन । पार्कमा रहेका सहिदहरुको फोटोमा माला र टिका लगाएर सहिद दिवस मनाईएको उनको भनाई छ ।
सहिदको बलिदानले आज हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई नेपाली जनताले बाँच्न पाएको अनेरास्ववियू नेपालका केन्द्रिय कमिटी सदस्य ज्ञानु खड्काको भनाई छ । उक्त कार्यक्रममा भेरी त्रिवेणी माद्यामिक विद्यालयका नि. प्रधानध्यापक रुद्रबहादुर वली, पुष्कर पराग चन्द सहित पत्रकार कालीबहादुर नेपाली, विन्दु रावत, यूवराज सिंह, प्रेम विश्वकर्मा,राेशन भारती लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । रिम्ना विद्यालयका झन्डै १ सय भन्दा बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
















































। १६ माघ २०७७, शुक्रबार