नेकपा केपी समुह जाजरकोटको संयोजक बटाला र सचिवमा नेपाली

जाजरकोट, १५ माघ । नेकपा केपी समुह जाजरकोटको संयोजक गोपाल बटाला र सचिवमा गोपाल बहादुर नेपाली मनोनित भएका छन । संसद विघटनपछि फाटेको सत्तारुढ नेकपा केपी वली समुहको जाजरकोट अध्यक्ष र सचिवको जिम्मेवारी तोकिएको हो । भर्खरै सम्पन्न जिल्ला स्तरीय कार्यकर्ता भेला तथा जिल्ला समितिको वैठकवाट वटालाको नेतृत्वमा सदस्यीय समिति चयन भएको नेकपाले जनाएको छ ।

कार्यकर्ता भेला तथा जिल्ला समितिको वैठकवाट वटालाको अध्यक्षतामा गठित समितिको सह संयोजकमा नारायण घर्ती र भक्तवहादुर वस्नेत चयन भएका छन् । त्यस्तै सचिवमा गोपाल नेपाली र उपसचिवमा रत्न आरसी, कमारो चदारा र जनकवहादुर शाही सर्वसम्मत रुपमा चयन भएको नेकपा केन्द्रिय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए । उनले सदरमुकाम खलंगामा सम्पन्न जिल्ला समितिको वैठक र वृहत कार्यकर्ता भेलावाट सर्वसम्मत रुपमा जिल्ला समिति चयन भएको वताए ।

जिल्ला समितिको पुर्ण वैठकले पुरानो एकिकृत अवस्थामा समितिमा ५० प्रतिशत सदस्यहरु थप गरेको अध्यक्ष वटालाले वताए । उनले विहिवार वस्ने वैठकले जिल्ला व्यापी संगठन निर्माण विस्तार तथा सुदृढिकरणको अभियान सन्चालन गर्ने वताए । यस अघि पार्टी अनौपचारिक रुपमा विभाजन भएपछि एकिकृत पार्टीमा अध्यक्ष ढकवीर राना र सचिव करवीर शाही दुवै प्रचन्ड नेपाल पक्षको नेकपातिर लागेपछि वली समुहले आफनो पक्षकापदाधिकारी सहितको जिल्ला समिति घोषणा गरेको हो ।

पद तथा गोपनीयताको सपथ लिएपछि पार्टी संगठनका अरु कामहरु अघि वढाइने अध्यक्ष बटालाको भनाई छ । संसद विघटनपछि पार्टी विभाजित भएपछि सुसुप्त रहेका नेकपाका नेता कार्यकर्ताहरु दुई समुह मार्फत गाउँ गाउँ धाउन थालेका छन् । दुवै पक्ष नेता कार्यकर्ता र समर्थकहरुलाई आफुतिर तान्न व्यस्त छन् ।

तपाईको प्रतिक्रिया