जाजरकोट, १० माघ । नागरिक सेवा निगरानीका लागि समन्वयात्मक वैठक गरिएको छ । सुन्दर नेपाल जाजरकोटको आयोजनामा समन्वयात्मक वैठक गरिएको हो । जिल्ला स्थिति नागरिक समाज, पत्रकार लगायत गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थितिमा समन्वयात्मक वठैक गरिएको सुन्दर नेपाल जाजरकोटका संयोजक जितेन्द्र बुढाले जानकारी दिए ।
जिल्लामा स्वास्थ्य, कृषि, शिक्षा र विपद व्यवस्थापनमा सेवाप्रदायिक निकाय बाट कस्तो खालको सेवाप्रवाह भईरहेको छ भन्ने विषयमा छलफल गरिएको नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले बताए । ‘जिल्लामा प्रत्येक कार्यालयमा राजनितिक विषय मात्र उठ्ने गरेको छ, समुह अर्थात पार्टी मिल्लेलाई सेवाप्रदान गर्ने कुरा सुन्नमा आएको छ, यसलाई सबैले चासो दिनुपर्नेछ उनले भने ।’
यस्तै पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले नागरिकले पाउने सेवामा जनप्रतिनिधीले चासो नदिएको बताए । उनले भने, ‘स्थानीय तहमा कतिपय नागरिकहरु काम नभएर बसेका हुन्छन्, कर्मचारीले गर्दैनन्, जनप्रतिनिधीले खिल्ली उडाउँछन् कसरी पाउँछन् सेवा ?’ जिल्ला पछिल्लो समय नागरिक समाज कमजोर भएकोले सेवा प्रवाहमा यहाँका कार्यालयहरुले खासै चासो नदिएको सरोकारवालाहरुको भनाई थियो ।
सोमबार भेरी नगरपालिका २ मा रहेका सरकारी कार्यालयमा सेवाप्रवाहको विषयमा अनुगमन गर्ने समेत बताईएको छ ।
















































। १० माघ २०७७, शनिबार