
जाजरकोट, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य रामदीप आचार्यले केपी ओलीले नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्न संसद विघटन गरेको बताएका छन । सदरमुकाम खलंगामा राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू जाजरकोटको आयोजनामा भएको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता आचार्यले यस्तो बताएका हुन ।
गत पुस ५ गते ओलीले गरेको प्रतिनिधी सभा विघटन लोकतान्त्रिक मुल्यमान्यता विरोधी रहेको र २०१७ सालमा राजा महेन्द्रले चालेको कदम वर्तमान प्रधानमन्त्री वलीले दोहो¥याएको आरोप समेत लगाए । नेपाली जनताले बनाएको संविधान केपी वली र विद्यादेवी भण्डारीले विदेशीको इसरामा कुल्चेको समेत बताए । उनले भने, ‘नेपाली जनताले यस्को हिसाव किताव चुक्ता गर्नेछ, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई घरासायी बनाउने केपी ओलीको प्रतिगमन कार्य हो ।’

४ सय ४१ जना रहेको केन्द्रिय कमिटीमा रातारात १५ सय सदस्य थप्ने अधिकार केपी ओलीलाई कसले दियो भन्दै नेता आचार्यले आक्रोश पोखे । यस्तै नेकपाका अर्का केन्द्रिय सदस्य निरज आचार्यले नेपाली जनताको छोरोछोरीको वलिदान बाट पाएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई केपी वलीले सिध्याउन यो प्रयास गरेको आरोप लगाए । उनले भने, ‘सयौँ जनताको वलिदान बाट प्राप्त संघीय लोकतान्त्रिक मुल्यमान्यता र गणतन्त्र माथी छुरा प्रहार गर्नु केपी ओलीको गणतन्त्र विरोधी कार्य हो ।’

देशको विकास गर्ने वेलामा आन्दोलनको बाटो सिर्जना गर्नु लाज पचेका प्रधानमन्त्रीको काम हो भन्दै आधिकारीक नेकपा भनेको आफ्नो पार्टी भएको उनको भनाई छ । प्रशिक्षण कार्यक्रममा प्रचण्ड नेपाल समुहका विद्यार्थी यूवा सहित हजारौँ जाजरकोटी जनताको उपस्थिती रहेको थियो । केपी वली समुहको अनेरास्ववियू जाजरकोटले गठन गरेको विद्यार्थी संगठन आधिकारिक नभएको भन्दै जनता माद्यामिक विद्यालय पैंकका विद्यार्थीहरु प्रचण्ड नेपाल समुहको विद्यार्थी संगठन तिर फर्किएका छन् । विद्यालयमा गठन गरिएको समितीको संयोजक सुस्मिता सिंह सहितको टोली फर्किएको विद्यार्थी नेता धुर्व आचार्यले बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा वलीको खुलेर विरोध गरेका छन । ‘उनीहरुले सत्ता र शक्तिको आँडमा हजारौँ नेपाली जनतालाई भुलाएका छन, अव आधिकारीक पार्टी चिनेर नेपाली जनता वैशाख सम्म प्रचण्ड नेपाल समुहमा आउने विद्यार्थी नेता लोकेन्द्र गौतमले भने ।’ अधुरा रहेका पार्टीका जनवर्गीय संगठनलाई पुर्णता लिने अनेरास्ववियू जाजरकोटका संयोजक प्रदिप खड्काले जानकारी दिए ।
















































। १० माघ २०७७, शनिबार