सहिद तथा वेपत्ता यौद्धा सन्तति फाउन्डेसनको कर्णालीमा समिती गठन, समिर केसीको अध्यक्षतामा बन्यो ३० सदस्यीय 

जाजरकाेट, ७ माघ । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनको कर्णालीमा समिती गठन गरिएको छ । मंगलबार बसेको फाउण्डेसनको वैठकले ३० सदस्यीय कर्णाली प्रदेश कमिटी गठन गरेको हो । एक विज्ञप्ती जारी गर्दै, नेपाललाई न्यायपुर्ण, सभ्य, सुसंस्कृत, वैज्ञानिक तथा समुन्नत मुलुकमा रुपान्तरण गर्ने महान् अभियान स्वरुप नेपाली भुमिमा १० बर्षको लामो जनयुद्ध चल्यो र त्यस क्रममा थुप्रै सपुतहरुले ज्यान गुमाउनु र वेपत्ता हुनुप¥यो ।

उहाँहरुको वलिदान पुर्ण संघर्ष, त्याग, समर्पण र वलिदान कै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र नेपाली जनताका हक अधिकारहरु संवैधानिक रुपमा स्थापित भएका छन् ।

महान सहिदहरुको सम्मान गर्दै जनयुद्ध र जनआन्दोलनको दौरान सहादत्त प्राप्त गर्नुभएका महान सहिद र वेपत्ता योद्धाहरुका परिवारलाई सम्मान, सन्ततिहरुरलाई शिक्षा, रोजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकतालाई महसुस गर्दै सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेशनको स्थापना भएको हो ।

यहि मिती २०७७।१०।०६ गते बसेको फाउन्डेशनका कार्यसमितीको वैठकले ३० सदस्सीय कर्णाली प्रदेश कमिटी गठन गरेको कुरा यहि विज्ञप्ती मार्फत जानकारी गराउदछौँ । साथै जिम्मेवार पाउने सबैले सबल र सक्षम ढंगले आफ्नो कार्यक्षमता प्रर्दशन गर्नुहुनेछ भन्ने आशा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

कर्णाली प्रदेश कमिटीको अध्यक्षमा, समिर केसी,उपाध्यक्षमा कपिल सुवेदी, सचिवमा शारदा शर्मा, सह सचिवमा कमल न्यापाने, कोषाध्यक्षमा मनोज शाही चयन भएका छन ।

यस्तो छ विज्ञप्ती :

No description available.

 

तपाईको प्रतिक्रिया