धम्की नदिएको वडाध्यक्षको दावी

जाजरकोट, ४ माघ । विभिन्न पत्रिका तथा अनलाईनहरुमा आफ्नो नाम जोडेर प्रकाशित भएको समाचारप्रति शिवालय गाउँपालिका सातका वडाध्यक्ष बिरबल खत्रीले गम्भीर ध्यानआकर्षण भएको बताएका छन । एक विज्ञप्ति जारी गर्दै खत्रीले गत पुष २८ (जनवरी १२) तारीखमा विभिन्न पत्रिका तथा अनलाईनहरुमा प्रकाशित कपोल कल्पित र निराधार समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

जुँगाथापाचौर स्वास्थ्य चौकी व्यवस्थापन समितिले काम सम्पन्न गरेको र साझेदार संस्था स्वच्छता परियोजनाले सबै निर्माण सामग्री खरिद र जडान गरेको र स्वास्थ्य चौकीले स्थानीय निर्माण सामग्री अन्य सरसफाई मर्मत सम्बन्धी कामदारको हाजिरी रेकर्ड, विल, भरपाई अनुसार भुक्तानी गरिसकेको अवस्थामा कामदारहरुलाई भुक्तानी नदिएको भन्ने कपोल कल्पित र निराधार आरोपको खारेज गर्दछु वडाध्यक्ष खत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा शिवालय गाउँपालिका ७ जुँगाथापाचौर स्वास्थ्य चौकीको अपाङ्ग मैत्री शौचलय, खानेपानी निर्माण, सोलर जडान तथा स्वास्थ्य सरसफाई सम्बन्धी व्यवस्थापनको लागि स्वच्छता परियोजना र शिवालय गाउँपालिकाको (सह–लगानी) साझेदारीमा सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार आब ०७५,०७६ मा स्वच्छता परियोजनाको प्रविधिक स्टीमेट अनुसार

जुँगाथापाचौर स्वास्थ्य चौकी व्यवस्थापन समितिले काम सम्पन्न गरिसकेको बताइएको छ । साथै वडाध्यक्ष खत्रीले विभिन्न सञ्चार माध्यमले सत्यतथ्य नबुझी समाचार सम्प्रेषण गर्नुले भ्रम सिर्जना गर्ने भएकोले सत्यतथ्य बुझेएर समाचार सम्प्रेषण गर्न सबै सञ्चार माध्यमहरुलाई अनुरोध समेत गरेका छन ।

तपाईको प्रतिक्रिया