जाजरकोटका युवा विद्यार्थीहरुको अन्तरक्रिया सुर्खेतमा सम्पन्न

सुर्खेत । सुर्खेतमा बसोबास गर्ने जाजरकोटका युवा विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम बिरेन्द्रनगर सुर्खेतको होटेल भ्याली भ्युमा सम्पन्न भएको छ । पढाई तथा व्यवसायको सिलसिला सुर्खेतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल सम्बद्ध युवा विद्यार्थीहरुले सुर्खेतमा भएको कार्यक्रममा प्रधानमन्त्री केपि ओलीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक भएकोले यो कदमको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य रामदिप आचार्य, कर्णाली प्रदेश सभादस्य तथा कर्णाली प्रदेश कमिटीका दस्य गणेश प्रसाद सिंह लगायतका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको सशक्त बिरोध गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन ।

कार्यक्रममा २ सय जनाको सहभागिता रहेको थियो भने ब्यवस्थापन अनेरास्ववियु जाजरकोटका सचिवालय सदस्य तिलक खड्काले गरेको युवा नेता लोकेन्द्र गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया