स्वास्थ्य रुपान्तरण परियोजनाको प्रभाव, घट्यो बालविवाह,बढ्यो अस्थायी साधनको प्रयोग

फाइल तस्वीर

जाजरकोट, ३ माघ । पछिल्लो समय पश्चिम जाजरकोटका किशोरीहरुको व्यथा समाधान हुदै गएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटको साझेदारीमा सञ्चालित नेपाली यूवाका लागि स्वस्थ रुपान्तरण परियोजना मार्फत सञ्चालित तालिमहरुले किशोरीहरुको व्यथा समाधान हुदै गएका हुन् ।

आज भन्दा ३ बर्ष पहिले छेडागाड नगरपालिका २ की सुस्मिता मगरलाई महिनावारी हुदाँ गाउँघरमा रहेको कुसंस्कार चुलो नछुने, दही दुध नखाने, जस्ता कुराहरु सही हो भन्ने लागेको थियो । उनले भनिन्, ‘मेरा घरका आमा,दिदी, भाउजुहरु महिनावारी हुदाँ केही पनि खानुहुदैन्थो’ ‘महिनावारी हुदाँ गाउँघरमा देउता रिसाउने डरले छाउगोठमा बस्नुपथ्र्याे ।’ ‘तर अहिले घरका सबै जना महिनावारी हुदाँ सरसफाई गछौँ, ‘घरमा पाईने खानेकुरा सबै खान्छौ अनि पहिलेको जस्तो स्वास्थ्यमा समस्या समेत आउँदैन् उनले थपिन ।’

उनी मात्र होइन् छेडागाड नगरपालिका १ की मनिषा बुढा रावतले १६ बर्षको उमेरमा विहे गरिन् । १८ बर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिईन् । वालविवाहको असर त परिरहेको थियो, त्यसैमाथी बच्चाको स्याहार कसरी गर्ने भन्ने चिन्ता थपियो । उनले भनिन्, ‘सानै उमेरमा विवाह गरियो, ‘मैले बच्चाको स्याहार कसरी गर्ने, बच्चा भोकाएको कसरी थाहा पाउने भन्ने कुरा थाहा नै नपाएर दोस्रो सन्तानको आमा बने ।’ पहिलो सन्तानमा एकदमै असर प¥यो ।

तालिमपछि अहिले परिवारमा निकै खुशी छाएको उनको भनाई छ । सुस्मिता र मनिषा एक उदाहरण पात्र मात्र हुन् । नेपाली यूवाका लागि स्वस्थ रुपान्तरण परियोजना लागु भएका ठाउँका किशोरीहरुको दैनिकी फेरिएको छ । छेडागाड नगरपालिका ६ अवगानाकी सरिता नेपालीलाई परिवार नियोजनका साधनका विषयमा थाहै थिएन । परिवार नियोजनका साधन प्रयोग गरे बाँझोपन आउँछ भन्ने गलत धारणाका कारण सरिताले नचाहाँदा नचाहदै तीन सन्तान भए ।

उनले भनिन्, ‘मैले एसएलसी सम्मको पढाई गरेकी छु ।’ ‘विवाहपछि पनि पढ्न सकिन्छ भन्ने कुराले म ढुक्क थिए, ‘तर विवाहपछि नचाहाँदा नचाहँदै पहिलो सन्तान भयो, ‘मैले श्रीमान संग सल्लाह गरे, परिवार नियोजनका साधन प्रयोग गरौ भनेर तर बाँझोपन आउँछ गर्नुहुदैन् भन्ने गलत धारणा राखेकी कारण अहिले पाँच सन्तानको आमा बन्नुप¥र्यो ।’

तालिम पश्चात परिवार नियोजनको साधनले केही असर गर्दाे रहेन्छ । अहिले प्रयोग गर्दै आएको बताईन । पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटद्धारा सञ्चालित नेपाली यूवाका लागि स्वास्थ्य रुपान्तरण परियोजना जिल्लाको भेरी नगरपालिका र छेडागाड नगरपालिकामा सञ्चालन भईरहेको छ । किशोरकिशोरीमा आधारित रहेर सञ्चालन गरिएको कार्यक्रले आफ्नै पाठ्यक्रम मार्फत विभिन्न समुह निर्माण गर्दै काम गरिरहेको परियोजनामा कार्यरत मिल अधिकृत मधुकर पाण्डेले जानकारी दिए ।

उनले भने, ‘हाम्रो परियोजनाले किशोरी तथा महिलाहरुलाई विभिन्न खालका जनचेतनामुलक तालिमहरु दिने गरेका छौँ’ ‘उहाँहरुले गाउँघरमा समुह गठन गर्नुहुन्छ, त्यही समुहमा रहेका महिला तथा किशोरीहरुलाई वालविवाहले निम्त्याउने समस्या, महिनावारी हुदाँ के गर्ने, भन्ने लगायतका विषयमा तालिम दिने गरेको छौँ ।’

तालिम पश्चात वेसलाईन सर्भे गर्दा किशोरीहरुको दैनिकी समेत फेरिएको उनले बताए । छेडागाड नगरपालिकाका उपप्रमुख सरिता वलीले, परियोजनाले, किशोरी तथा महिलाका विषयमा आमुल परिवर्तन ल्याएको बताईन । उनले भनिन्, ‘पहिले यहाँका किशोरीहरु महिनावारी हुदाँ विद्यालय छोड्ने, दही तथा दुध नखाने, बालविवाह गर्ने, लगायतका समस्याहरु थिए ।’

परियोजना सञ्चालन पश्चात यहाँका महिलाहरुमा आमुल परिवर्तन आएको उनको भनाई छ । जिल्लामा सञ्चालित विभिन्न परियोजनाले काम नगर्ने पैसा धेरै खर्च भन्ने, अनि उपलब्धी नगर्ने परिपाटीलाई परियोजनाले तोडिदिएको स्थानीय वुद्धिजिवीको भनाई छ ।

छेडागाड नगरपालिका समेत बालमैत्री नगरपालिका निर्माणमा जुटेको छ । यस्तै सफल काम गर्ने परियोजनाहरुलाई स्थानीय सरकारले पुरुस्कृत गर्न सके अन्य परियोजना समेत गतिशिल हुने देखिन्छ ।  #भेरीमालिका#

तपाईको प्रतिक्रिया