कक्षा १२ को नतिजा दश दिनभित्र

काठमाडौं, २८ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताए । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो ।

यसैबीच कक्षा ११ को पाठ्यक्रमको बारेमा अझै अन्यौलता कायमै छ । शैक्षिक शत्र सकिनै लाग्ने बेलासम्म पनि कक्षा ११ मा कुन पाठ्यक्रम पढाउने भन्ने विषय अदालतमा विचाराधिन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् ।

तपाईको प्रतिक्रिया