जिल्लाको छेडागाड नगरपालिकाले १३५ जना नयाँ उधमी बनाउने भएको छ ।
संघीय सरकार मार्फत प्राप्त भएको सशर्त अनुदान मार्फत १०० जना र नगरपालिकाको लक्षित वर्गको थप बजेट मार्फत ३५ जना गरि कुल १३५ जनालाई मेड मोडेलमा आधारित रहि उधमी सृजना गर्न बजेट स्वीकृत भएको प्रमुख प्रशासकिय अधिकृत झलक केसिले बताए ।
अति गरिब,बिपन्न,बैदेशिक रोजगार बाट फर्किएका र रोजगारी गुमाएकाहरुलाई कार्यक्रम लक्षित गरिने नगर प्रमुख लाल बहादुर महत्ताराले बताए ।
यस्तै स्थानिय श्रोत र बजार मागलाई ध्यान दिदै स्थानीय स्तरमै रोजगारीको अवसर सृजना गरि आयात प्रतिस्थापन गरि निर्यात बढाउनु आजको आवश्यकता भएको प्रमुख महत्ताराले बताए ।
कृषि बाट आम नागरिकले दैनिक छाक टार्न धौधौ हुने गरेको भन्दै अब फरक तरिका बाट जानुपर्ने उनले बताए । कृषिलाई आधुनिकीकरण गरि उधोगको रुपमा बिस्तार गर्न सके यो समस्या हटेर जाने उनले जिकिर गरे ।
छेडागाड प्राकृतिक श्रोत साधनको हिसाबले राम्रो सम्भावना भएको भन्दै कृषि,वन, पशुपालन र पर्यटनमा आधारित उधोग ब्यबसायको संचालन एबम प्रबर्द्धन गर्न सके छेडागाडमा सृजना हुने लघु उधमी सफल र दिगो भैइ रोजगारी समेत सृजना हुने उनले बताए ।
बिकास बहुआयामिक हुने भएकाले भौतिक विकासले मात्र विकासले सार्थकता नपाउने भन्दै प्रत्येक ब्यक्ती स्वरोजगार हुन उधमशिलता विकास गरि लक्षित वर्गको विकास गर्नुपर्ने सरोकारवालाको धारणा थियो ।
छेडागाडमा १३५ जना नयाँ उधमी बनाईदै
तपाईको प्रतिक्रिया
















































। २८ पुष २०७७, मंगलवार