सुर्खेत, २३ पुस । गुर्भाकोट नगरपालिका ९ पोखरे नजिक सडकबाट बस भेरी नदीमा खस्दा १ जनाको मृ्त्यु भएको छ भने एक जना वेपत्ता भएका छन ।
बस चालक सुमन नेपाली रहेको ईलाका प्रहरी कार्यालय बोटेचौरका असई देव बहादुर थापाले बताए । तेस्तै एक जना घाईते रहेको र गाडीमा चालक सहित जम्मा ३ जना यात्रु रहेको पनि ईलाका प्रहरी कार्यालय बोटेचौरले जनाएको छ । घाईतेलाई उपचारको लागि पठाई सकिएको र वेपत्ताको खोजि भईरहेको असई बहादुर थापाले जानकारी दिए ।
सल्यानको कालिमाटीबाट सल्लीबजार तर्फ जाँदै गरेको बस छिन्छु जाजरकोट सडक खन्ड बोटेचौर र पोखेर बीचमा परने गरालेगौराबाट बस भेरी नदीमा खसेको थियो । बस भेरी नदीको बीच भागमा डुबेको पनि थापाले बताए । बस सल्यान कालिमाटी बोटेचौरबाट यात्रु लिने सल्लीबजार तर्फ जानलागेको बताईएको हो। बस के कारणले दुर्घटना भएको भन्नेबारे अनुसन्धान भईरहेको थापाले बताए ।
















































। २३ पुष २०७७, बिहीबार