आर्थीक अभावले छटपटाईरहेकी शान्ती !

No description available.

बारेकोट, १३ पौष ।  जिल्लाको बारेकोट गाउँपालिका २ अयर्नाका रणबहादुर नेपालीको हे भगवान ! मेरो छोरीलाई बचाईदेउ भन्ने शब्द दिनमा एक सय भन्दा धेरैपटक आउँछ । आर्थीक अभावले कमाई गर्न भारतमा पुगेका नेपालीको परिवार अहिले निकै चिन्तामा डुवेको छ ।

गत मार्च ३ मा परिवारको पहिलो सन्तान अर्थात शान्ती विक भारतको एउटा विद्यालयमा पढ्न गएकी थिईन । पढाई सकेर कोठामा आएको केही समय परिवार संग मुस्कुराएकी शान्ती । त्यसपछि उनका शरीरमा एक्कासी केही दागहरु देखिए ।

दागहरु देखिएपछि उनका आमावुवाले समान्य घरेलु उपचार गरे । घरेलु उपचार पश््चात उनका शरीरका दागहरु झनै बढ्न थाले । परिवारका अनुसार, त्यहाँ बाट बढ्दै गएका दागहरु अहिले सम्म निको भएका छैनन । रोजगारीका लागि भारत पुगेको उनको परिवारले छोरीको उपचारमा कमाई गरेका सबै पैसा खर्च गरे । शान्तीका वुवा रतनबहादुरले हाम्रो पहुँच डटकमलाई दिएको जानकारी अनुसार, छोरीको उपचारमा अहिले सम्म साढे ३ लाख भन्दा धेरै खर्च भईसकेको छ । तर छोरीको उपचारमा कुनै प्रकारको सुधार नभएको भन्दै आँखा बाट वरवर आँसु खसाले…

No description available.

उनले भने, ‘परिवारको पहिलो सन्तान छोरी हुन । उनी नै विरामी भएपछि हामीले खाना नै खाएका छैनौ । कसरी छोरीको उपचार गर्ने होला ।’ भारतमा कमाई गरेको सबै पैसा सकियो तर छोरीको उपचारमा कुनै सुधार नभएकोले परिवार को अहिले विच्चलीमा छ ।
छोरीका दागहरुले शरीर रात्तो भएको छ नै तर आँखा सबै बन्द भएकोले आठ बर्षिया शान्तीलाई खाना खान समेत नसक्ने अवस्था आएको छ । छोरी विरामी भएपछि कमाई गर्ने गएका नेपालीको परिवार छोरीको हेरचाहमा देखिन्छ । अहिले छोरीले आँखा सम्म देख्न सकेकी छैनन । भारतका केही साहुहरुले सहयोग गरे उपचार गर्ने तर सहयोग नगरे छोरीको ज्यान जाने भएकोले शान्तीका परिवारले सहयोग गर्ने सबैलाई अपिल गरेका छन ।

पैसा अभावले फर्किए नेपाल
केही महिना अघि सम्म कमाउँदै छोरीको उपचारमा खटिएका वुवा आमा पैसा अभावले नेपाल फर्किएका छन । कमाई गरेको साढे तीन लाख भन्दा बढि खर्च गरेका गरेका भारतमा खाना खान समेत समस्यामा परेकोले नेपाल फर्किएका हुन ।

No description available.

‘अर्काेको देशमा कमाई गर्न गएको छोरीको उपचारमा कमाएको सबै पैसा खर्च भईसक्यो । खाना समेत नपाउने स्थिती आएपछि नेपाल फर्किएका हौँ शान्तीका वुवाले भने ।’ भारतमा राम्रो उपचार हुने थियो सहयोग गर्ने कोही नभएपछि नेपाल आएको उनको भनाई छ । बारेकोट गाउँपालिकाले केही आर्थीक सहयोग गर्ने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

‘हामीले सहयोग गरेर मात्र नानीको उपचारमा राहत पुग्दैन, तपाई हामी सबैले सहयोग गरे पुग्न सक्छ सबैले सहयोग गरौँ उनले भने ।’ गरीव परिवार, त्यस माथी कमाई गर्न गएको परिवार, कसरी छोरीको उपचार गर्न सकिन्छ होला ? त्यसैले शान्तीको उपचारमा सहयोग गर्न सबै मनकारी नेपालीहरुलाई विनम्र अनुरोध गर्दछौँ । तपाईको मानवीय भावनाले कसैको जिन्दगी बन्छ भने सहयोग गर्न के नै छ र ? तपाई सहयोग गर्न चाहानुहुन्छ भने ९७४८०७०७१०, ९८६३२८१९४७ मा सक्पर्क गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया