बारेकोटमा सुत्केरी संग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै, चार सय ३० सुत्केरीलाई न्यानो झोला

सेवा प्रवाहमा एक नम्बरमा स्वास्थ्य शाखा

जाजरकोट, १७ मंसिर । बारेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुरक्षित रुपमा सुत्केरी हुँने महिलालाई न्यानो झोला वितरण गरेको छ । न्यानो झोलासँगै बिभिन्न स्वास्थ्य सामग्रीहरु समेत उपलव्ध गराउदै आएको हो । यो आर्थिक वर्षमा ४ सय ३० जना सुत्केरीलाई उक्त सामग्री वितरण गर्ने लक्ष्य रहेको स्वास्थ्यकमी कल्पना रोकायले जानकारी दिइन् ।

सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम मार्फत उक्त सामग्री हस्तान्तरण गरिएको हो । जिल्लाकै १ नम्वर स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै पहिलो स्थान हासिल गरेको गाउँपालिकाले अहिले सम्म २ सय भन्दा बढी महिलाले सुरक्षित सुत्केरी सेवा लिइसकेको छन् । भर्खरै मात्र सडक सञ्जाल सँग जोडिएको बारेकोट गाउँपालिका सुरक्षित सेत्केरी गराउनेमा १ नम्वर स्थान हात पारेको छ ।

केही समय अघि गर्भबाट आमालाई चिठी जस्ता कार्यक्रम सञ्चालन गरेर स्वास्थ्य जानकारी प्रति स्थानीयवासीलाई सचेत गराएको बारेकोटले उपचार नपाएरै कसैको पनि अकालमै मृत्यु नहोस भन्ने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख बीरराज सिंहले जानकारी दिए ।

त्यस्तै बहुक्षेत्रिय पोषण कार्यक्रमले समेत यहाँका सुत्केरी महिलालाइ सहयोग गरेको छ । स्वास्थ्य सम्वन्धी जानकारीका साथै सचेतना जगाएर अकालमै हुँने मृत्युलाइ रोक्न अभियान चलाएको सिंहले जानकारी दिए । सवै भन्दा ठुलो कुरो भनेको आफ्नो बाँनी , व्यवहार लाइ सुधार गरी स्वास्थ्य जस्तो महत्वपुर्ण कुरा प्रति संमवेदनशिल हुनुपर्ने सिंहको भनाई छ ।  #नेपालपाेस्टखबर#

तपाईको प्रतिक्रिया