मनकारी लोकेन्द्र  :  जन्मदिनमा २९ बालबालिकालाई शैक्षिक सामग्री

जाजरकाेट  । एक यूवाकाे जन्मदिनकाे अवसरमा अनाथ बालबालिकालाई स्टेसनरी वितरण गरिएको छ । राष्ट्रिय यूवा संघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य एवम् नेकपा बारेकोट गाउँ कमिटी सदस्य लोकेन्द्र गौतमले आफ्नो जन्म दिनको अवसरमा नेपाल आमा अनाथ बाल आश्रममा रहेका बालबालिकालाई स्टेसनरी समान वितरण गरेका हुन ।

गौतम राजनितीमा मात्र होइन, पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय देखिएका छन । आश्रममा रहेका २९ जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल,कटहर, इलेजर तथा बोर्डमार्कर वितरण गरिएको छ ।

विद्यार्थीको शैक्षिक अवस्थामा टेवा पुगोस भनी जन्मदिनको अवसरमा स्टेसनरी समान वितरण गरिएको गौतमले हाम्रो पहुँच डटकमलाई जानकारी दिए । सबै मनकारी युवाले जन्मदिनमा यसरी नै सहयोग गरी गरिव तथा अनाथ बालबालिकालाई सहयोग पुग्ने नेपाल आमा अनाथ आश्रम जाजरकोटका व्यवस्थापनक सहदेव जंग शाहले बताए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्री, सिटिजन लाईफ ईन्सुरेस जाजरकोटका प्रमुख गोविन्द्र बुढा तथा पत्रकार भरत शर्माको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया