कुशेमा एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था समान्य

                                                          सांकेतिक तस्वीर
जाजरकोट । कुशेमा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । कुशे गाउँपालिका ५ दम्दालाकी २३ बर्षिया सीता चदाराले आईतबार तीन बच्चा जन्माएकी हुन ।

प्रसुतीका लागि ढिमे स्थित स्वास्थ्य चौकीमा लगे पनि स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट रिफर गरेको थियो ।

तर विच बाटोमा आउँदा चदाराले तीन सन्तानको रुपमा छोरा जन्माएको स्थानीय कृपाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार अहिले बच्चा र आमाको अवस्था समान्य रहेको छ ।

तपाईको प्रतिक्रिया