साहित्यकार मनोज दाहालका तीन उत्कृष्ठ मुक्तक !

मनाेज दाहाल सल्यान

   मुक्तक

मेरो देशमा हामी जनताको शासन आएको भए
एक पटक भएनि जनता बस्ने आसन आएको भए

केपि बा लाई खुबै जिस्काउने थियौं हामी पनि
टेलिभिजनमा केपि बा को भाषण आएको भए

मुक्तक
मेरो देशको भ्रष्टाचारीको लागि काल आईदिए
लुटेर कमाएको बगाउनको लागि छाल आईदिए

हामी जनताहरु धेरै खुसि हुने थियौं होला यहाँ
भ्रष्टाचारीहरुको सडकमा बस्ने साल आईदिए

मुक्तक
प्यारो जन्म भुमि छोडि आएको दिन सम्झिन्छु
सयकडा पाँचले लिएको त्यो रिन सम्झिन्छु

दुईचार पैसा हुनेहरुले मलाई नपत्याए पछि
धितोमा राखेको घरबारी अनि जमिन सम्झिन्छु

तपाईको प्रतिक्रिया