रुकुम पश्चिमको आठसिकोटमा आलु चिप्स उद्योग सञ्चालनको तयारीमा, गाँउमै रोजगारीको अवसर,यूवा हर्षित

No description available.

टेकराज पुन, रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा अव आलु चिप्स उद्योग सञ्चालनमा आउने भएको छ । एक नम्वर वडाको चैतीखारामा १८ लाखको लगानीमा आलुचिप्स उद्योगको भवण निर्माण गरिएको वडा न १ का वडा अध्यक्ष देवबहादुर घर्तिले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कर्णाली प्रदेश सरकारको किसान हातेमालो कार्यक्रम मार्फत यो उद्योगको भवन निमार्ण गरिएको हो । उद्योगको भवण निर्माण कार्यमा यहाँका स्थानिय नागरिकले २० प्रतिशत श्रमदान गरेका छन । आलु चिप्स तयार पार्नाका लागी मसला मिक्सर , डिजेल भट्टी , आलु काट्ने मेसिन ग्रेडिङ मेसिन , प्याकेजिङ प्लाष्टिक , ११ किलो वाटको जेनेरेटर तयारी अवस्थामा राखिएको छ । अवको एक महिनापछी आलु चिप्स बनाउने काम सुरु गरीने अध्यक्ष घर्तीले वताउनुभयो ।

एक नम्वर बाट मात्रै झण्डै तिन सय क्विटल जती आलु उत्पादन हुने गरेको छ । उद्योग स्थापना भएसँगै अव किसानले उत्पादन गरेको आलु खेर नजाने भएको छ । विगतका वर्षहरुमा किसानले उत्पादन गरेको आलु खेर जाने गरेको थियो । नगरपालिकाको १ ,२, नम्वर वडामा सवै भन्दा बढी आलु उत्पादन हुने गरेको छ ।

यस्को बजारीकरण कालागी नगरपालिकाका केही स्थानिय बजार , राजधानी सुर्खेत , लगाएत अन्य प्रदेशहरुमा पनी निर्यात गरिने लक्ष्य राखिएको छ । यस उद्योगका लागी चाहिने मेसिनरी सामानहरु साना र मान्छे बाटै ढुवानी गर्न सकिने भएकाले पनी यो उद्योग स्थापना गर्न सजिलो भएको वडा सचिव चक्र बहादुर डिसीले जानकारी दिनुभयो ।

आठविसकोट नगरपालिकाले पनि ६ लाख रुपैयाँ अनुदान दिएको छ । उद्योग सञ्चालनमा आएपछी गाउँमै रोजगारीको ढोका खुल्ने भएको छ । भने पैसा कमाउन खाडी मुलुक लगाएत छिमेकी देश भारतमा जाने केही स्थानीय युवालाई घरमै प्रत्यक्ष रोजगारी मिल्ने भएको छ ।

तपाईको प्रतिक्रिया