छेडागाडमा १५ शैयाको अस्पताल उद्धघाटन, पहिलो नगर अस्पताल बन्यो : स्वास्थ्य राज्यमन्त्री रावत

जाजरकोट, ६ मंसिर । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले शुक्रबार देखि १५ शैयाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सुचारु सँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् ।

सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायी रुपमा संरचना निर्माण गरि कामको सुरुवात गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए । संघीय सरकारको रु १ करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरु हुने प्रमुख महताराको भनाई छ । केही दिनमै चिकित्सको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकाम स्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । १ जना मेडिकल अधिकृत , २ जना स्टानर्स सहित १५ जना कार्यरत रहने छन । ल्याव , एक्सरे सेवा समेत सञ्चालनमा आउने बताएको छ । यस्तै, ३ सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम सुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।

१५ मङ्सिरमा सवै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतको भनाई छ । देशै भरीमा छेडागाड नगरपालिकाले पहिलो पटक नगरअस्पताल उद्घाटन गरेर सवैलाई उछिनेको छ । १५ शैयाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले बताए । देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि रु २५ करोड बजेट पठाएको समेत बताए । स्वास्थ्य मन्त्रालयले भारी काम गरेको तर केही मान्छेले सो काम नदेखेको भन्दै मन्त्री रावतले आक्रोष पोखे । अधिकांश समय सरकारको बखानमै खर्चेका राज्यमन्त्री रावतले घटनाले मानिसको दिमागमा सोच्ने तरिका बदलिएको बताए ।

३९ वटा १५ शैयाको कर्णालीमा स्वास्थ्य संस्था निर्माण गर्न लागिएको छ । सरकारको प्रचार नभएको भन्दै सरकारको काम प्रचार गर्न समेत पत्रकारलाइ मन्त्रीले आग्रह गरे । कर्णालीका अधिकांश ठाउँमा ५० शैयाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ । अहिले पश्चिममा अस्थायी रुपमा सडकको ट्याक औपन भइ हलुका सवारीसाधान मात्र सञ्चालनमा रहेका छन् । हिउद् याममा मात्र यहाँ सवारी साधन सञ्चालन हुन्छन् भने वर्षायाममा निकै मुस्किल पर्ने गरेको छ । छेडागाड नगरपालिका , शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् ।

तपाईको प्रतिक्रिया