भीरबाट लडेर नेपाली सेनाको मृत्यु

जाजरकाेट । भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ । ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर महेन्द्रनगर नगरपालिका– ३ तिलकपुर घर भएका नेपाली सेनाका जवान निर्मल बोहराको मृत्यु भएको हो । सेनाका अनुसार घर बिदामा गएका बोहरा जाजरकोटस्थित मालिका ब्यारेक आउँदै गरेका थिए ।

अप्ठ्यारो बाटोबाट रातिको समयमा ब्यारेक जान खोज्दा गलत बाटो प्रयोग गर्दा लडेर घाइते अवस्थामा पुगेका उनलाई स्थानीय यातायात व्यवसायीले उद्धार गरेर जिल्ला अस्पताल पुऱ्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया