जाजरकोट, २२ कात्तिक । जिल्लाको बारेकोट गाउँपालिका भित्र चल्ने सवारी साधनमा भाडादर कायम गरिएको छ । जीप व्यवसायीले मनोमानी भाडा लिईरहेको यात्रुहरुहरुको गुनासो आईरहेको वेला जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी समिति जाजरकोटले मनोमानी भाडा नियन्त्रणका लागी पहल थालेका हुन ।
समाचार प्रभाव
जारजरकोट जिल्ला बाट सञ्चालित हाम्रो पहुँच डटकमले जाजरकोटका दुर्गम गाउँमा मनपरी भाडा, स्थानीय तह र प्रशासन मौन रहेको समाचार प्रकाशन गरेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले तत्काल सरोकारवालाको वैठक बसाली बारेकोटमा भाडा निर्धारण गरेको हो । जाजरकोट जिल्लाका समस्या र सवालहरुमा हाम्रो पहुँच टिमले काम गर्दै आएको छ ।
शनिवार प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी बरालका अनुसार, नलगाड नगरपालिकाको कालीमाटी देखि घाटबजार सम्म ५ सय, कालीमाटी देखि सिर्के सम्म ३ सय, सिर्के देखि सक्ला सम्म ८० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
यस्तै, गाउँपालिकाको सक्ला देखि लिम्सा सम्म १ सय, लिम्सा देखि घाट सम्म २०, कालीमाटी देखि सेपुखोला सम्म २ सय, कालीमाटी देखि खारा सम्म १ सय र खारा देखि सेपुखोला सम्म १ सय रुपैयाँ निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । गाउँपालिकाको कालिमाटी—खानटाकुरा—सिर्के— सक्ला—लिम्सा—घाटसम्म जम्मा ३९ किलोमिटर सडक रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्धारण गरेको प्राविधिकको टोलीको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै प्राविधिकहरुको टोलीले अस्थाई रुपमा सञ्चालन गरिएको सडकमा सात सिट क्षमता भएको साना सवारीलाई अस्थाई रुपमा सञ्चालन गरिने निर्णय समेत गरिएको छ । मालवाहक सवारी साधनको सम्बन्धमा ५ टन भन्दा कम भार वहन क्षमता भएको सवारी साधन सञ्चालनका लागि अनुमति दिने र भाडादर जिल्ला दररेट निर्धारण समितीले तोके बमोजिम भाडा कामय हुने निर्णय गरिएको बारेकोट गाउँपालिका उपाध्यक्ष ओमा कुमारी शाहीले बताईन ।
अन्य स्थानीय तहमा केही समयपछि भाडादर निर्धारण गरिने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । यातायात व्यसायी संघ, स्थानीय जनप्रतिनिधी, पत्रकार लगायत सरोकारवाला सबैको उपस्थितीमा निर्धारण गरिएको छ ।



















































। २२ कार्तिक २०७७, शनिबार