
जाजरकोट, २१ कात्तिक । कोरोना महामारीमा सरकारले नलाएकीपन देखाएको भन्दै क्रान्तिकारी विद्यार्थी संगठन जाजरकोटले कोणसभा सम्पन्न गरेको छ । विद्यार्थी संगठनले जिल्लाका दुई ठाउँमा कोणसभा सम्पन्न गरेको हो ।
जिल्लाको बारेकोट गाउँपालिकाको रोकायगाउँ देखि घाटबजार सम्म ¥याली परिक्रमा र कोणसभा, घाटदेखी रोकायगाउँ ¥याली परिक्रमा र कोणसभा कात्तिक २० गते सम्पन्न गरेको छ । कोणसभामा अखिल क्रान्तिकारी जिल्ला संगठनका सदस्य सितलले, “गैर जिम्मेवार सरकार जनताको नभई दलालहरुको हो ।
यसका बिरुद्ध हामी युवा, बिद्यार्थी लगाएत आम न्यायप्रेमी जनसमुदाय एक भइ बैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आवश्यक छ । निर्णायक पहलका लागि युवा विद्यार्थीहरुले अग्रणी भुमिका खेल्नुपर्छ ।” यस्तै नेपाल कम्युनिष्ठ पार्टी ऐरिया नं २ का सेक्रेटरी निर्ममले , देश र जनताहरुप्रति गैरजिम्मेवार भएर गरेको निर्णय खारेज गरेर जनताहरुको निःशुल्क स्वास्थ जाँच र उपचारको ब्यवस्था तत्काल गर्नुपर्ने जिकिर गरे ।

पद र कुर्सीका लागि वैदेशीक शक्तिहरुको पाउ मसल्न छोडी विश्व मानवजाती आतंकित भएको बेला नेपालमा कोरोना त्रास नफैलाएर सुरक्षित उपचारका लागि पहल गर्न सुझाव समेत व्यक्त गरे । कोरोना आतंक फैलाएर ब्यापारिकरण र भ्रष्टाचार गर्ने जो कोहिलाई कार्वाही गर्ने चेतावनी दिए ।
स्थानिय स्तरमा हुने जाँडरक्सीको जथाभावी बिक्री(बितरण र सेवनमा रोक लगाउनका साथै प्रत्यक होटेल, पसल दर्ता गर्ने र अनिवार्य सम्वन्धित निकायले निर्धारण गरेको मुल्यसुची स्थानीय सरकारले टाँस्न लगाउनुपर्ने धारण ब्यक्त गरेको छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजिविकाका पक्षमा हामिले काम गर्दै गर्दा यदि कसैले अवरोध पैदा गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत व्यक्त गरे । दलाल संसदीय ब्यवस्थाको इसरामा नचली देश र जनताको वास्तविक मुक्तिकोलागी सम्पुर्ण देशभक्त, क्रान्तिकारी, युवा, विद्यार्थी, किसान, मजदुर, कर्मचारी , सेना, पुलिस, विभिन्न पार्टीमा रहेका क्रान्तिकारी, प्रगतिशील, कम्युनिष्टमामा आउन समेत अपिल गरिएको छ ।
















































। २१ कार्तिक २०७७, शुक्रबार