नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) बिबाद सुल्झाउन ५ मन्त्र ; मदन सिंह

नेकपा विवाद : प्रचण्ड/ वली ( माओवाद/ जबज)
आइतबार दिउँसो साढे दुई बजे नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सामाजिक संजालमा राखेको स्टाट्सले नेकपासँगै देशको राजनीतिक अचानक तरंगित बन्यो । पार्टीको अन्तरविरोध समाधानमा बाक्लो भेटघाट गर्ने तर कमैमात्रमा सामाजिक संजालमा धारणा राख्ने महासचिव पौडेलले नेकपाको एकता संकटमा परेको लेखेपछि परिस्थिति कसरी विकसित भइरहेको छ् ।
दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग समदूरीमा बस्ने र दुवैतिरका गहिरो सूचना राख्ने भएकाले पनि महासचिव पौडेललको स्टाट्स नेकपाको आन्तरिक जीवनका लागि अर्थपूर्ण हुन्छ । दुवै अध्यक्ष ओली र दाहालसँग भेटेपछि उनले लेखेका थिए्, ‘यतिबेला नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु ।उनको स्टाटस आउनूपर्व आइतबार नेकपाभित्र दुई समूहका आ–आफ्ना कसरत जारी थिए । कर्णालीमा आफूनिकट मन्त्री हटाएर मुख्यमन्त्रीले मन्त्रिपरिषद हेरफेरको तयारीमा जुटेपछि प्रधानमन्त्री ओली निकट नेताहरुसहित ‘काउन्टर स्ट्रयाटेजी’ निर्माणमा जुटे । शनिबार अध्यक्ष दाहालसँगको भेटमा नै ओलीले कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भए आफूले कडा कदम चाल्ने चेतावनी दिएका थिए। तर पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) भित्रको विवादलाई कुनै आमुक पात्र र निहित स्वार्थ पुर्तिको दृस्ठिले नहेरियोस ।

वैचारिक रूपमा दुई फरक इतिहास बोकेका शक्तिहरु माओवादी / जनताको बहुदलीय जनवाद एक ठाउँमा आउनु सहज थिएन , तरपनी सम्भव भयो । यो सुखद पक्ष हो ।
अब समस्या देखाएर मात्र हुदैन । यसको समाधान के हो? कसरी हल हुन्छ त्यसको गम्भीर विमर्श हुनु आवश्यक छ ।
– पहिलो कुरा वैचारिक रूपमा एकमत हुनुपर्छ , त्यसको लागी माओवादी/ जनताको बहुदलीय जनवाद दुबैका राम्रा पक्ष अंगिकार गरेर नयाँ समाजवादी विचारलाई साझा बनाएर जाउ ।
– दोस्रो कुरा पार्टीको संघसंगठनको ढाचालाई बढी जनमुखी बनाउ , नियमित स्कुलिङ गरौं । जिम्मेवार बनाउने देखि नेतृत्व बिकासका कार्यक्रम अगाडि बढाउ ।
– तेस्रो कुरा स्थानीय तह देखि संघीय सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन राजनैतिक संयन्त्र बनाउ- सरकारको नेतृत्व गरिरहेकालाई पार्टीको पदाधिकारी नबनाउने नीति लिउ ।
– चौथो कुरा, वैदेशिक हस्तक्षेपलाई ठिक तबरले मिलेर सामना गरौं – सन्तुलित र पारदर्शी कुटनैतिक अभ्यास गरौं ।
– पाचौं कुरा, पार्टीको अधिवेशनको तयारी गरौं ।
यसैगरी समाधान हुनसक्छ नेकपा विवाद ।

– मदन सिंह ,
सिम्ता गाउँपालिका

तपाईको प्रतिक्रिया