तीन किलो अफिम सहित रुकुमका एकजना बाँकेमा प्रकाउ

चितवनबाट एक सय २६ किलो चरेस बरामद, दुर्इ जना प्रकाउ

केशर पुन मगर, कार्तिक १६ । तीन किलो लागुऔषध (अफिम) सहित बाँकेमा एक जना युवक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका ८ चन्द्रप्रकाश वली प्रकाउ परेका हुन । दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट २७ वर्षीय वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले शिवखोलामा शङ्कास्पद रुपमा बसिरहेका वलीमा झोलामा जाँच गर्दा तीन किलो अफिम बरामद गरेको प्रहरीले बताएको छ ।

प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्तीसोनारी गाउँपालिका १ को शिवखोलाबाट वलीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया