जनप्रतिनिधीलाई यूवाकाे आग्रह, प्रयोग मात्र नगर, अवसर पनि देउ’

जाजरकोट । जिल्लाको भेरी नगरपालिका ११ का यूवाहरुले माग पुरा गर्न जनप्रतिनिधी संग लिखित प्रतिवद्धता व्यक्त छन । भेरी यूवा मञ्चले आयोजना गरेको दशै तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधी संग लिखित प्रतिवद्धता व्यक्त गरेका हुन । भेरी नगरपालिकाको ११ स्थिती दुर्गा आधारभुत विद्यालयमा गरिएको कार्यक्रममा यूवाहरुलाई प्रत्येक चुनावमा मात्र प्रयोग गर्ने हाम्रा मागहरु पुरा नगर्ने भन्दै गुनासो पोखेका छन ।

हरेक चुनावको वेला मात्र यूवालाई प्रयोग गर्ने अन्य समयमा यूवाको समस्या के हो भन्दै स्थानीय सरकारले कुनै खालको तयारी नगरेको भेरी यूवा मञ्चका अध्यक्ष हिराप्रसाद शर्माले बताए । उनले भनेर्, यूवा भनेको देशको मेरुदण्ड हो । हामीलाई चुनावमा मात्र प्रयोग गर्ने होइन, अन्य समय पनि अवसर दिनुपर्छ ।’ सक्षम यूवा नै देश परिवर्तनको संवाहक भएको समेत उनको भनाई छ ।

भेरी नगरपालिका मात्र होइन, जाजरकोटका अधिकांश स्थानीय तहमा यूवाका लागि कुनै अवसर नभएको सहिद स्मृति यूवा क्लव जाजरकोटका अध्यक्ष प्रेम विश्वकर्माले बताए । उनले भनेर्, जाजरकोटका सात वटै स्थानीय तहमा यूवा लक्षित कुनै खालको कार्यक्रम नै छैनन । स्थानीय तहको चुनावमा यूवालाई लोभ देखाई राजनीतिक पार्टीको प्रचारमा लगाईयो । तर अहिले आएर यूवा लक्षित कार्यक्रम नहुने भनेको स्थानीय तहको चरम लाप्रवाही हो ।’

स्थानीय सरकारका हरेक कार्यक्रम यूवा लक्षित हुनुपर्नेमा उनले जोड गरे । भेरी नगरपालिका ११ का यूवाहरुले, यूवाहरुमा भएको वेरोजगारीलाई हटाउने, बालविवाह न्युनीकरण गर्न स्थानीय सरकारले पहल गर्ने, सुशासन कायम गर्न सक्षम यूवा परिचालन गर्ने, प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने, यूवा सशक्तिकरण, खेलकुदमा उचित व्यवस्था गर्न स्थानीय सरकार सहित सरोकारवालाहरु विच प्रतिवद्धता व्यक्त गरिएको छ ।

यूवाहरुले राखेका मागहरुको सुनुवाई नभएर आन्दोलनमा उत्रिने सिर्जनशील यूवा क्लवका अध्यक्ष तिलक कुमार कार्कीले बताए । उनले भनेर्, हरेक चुनावमा यूवा मात्र परिचालन गर्ने, यूवाको समस्यालाई सुनुवाई नगर्ने कस्तो खालको सरकार हो ।’ त्यसैले अवका दिनमा यूवाहरुको समस्या समाधानमा ध्यान नदिए आन्दोलनमा भाग लिन तयार रहेका छौँ ।’ कार्यक्रमको प्रमुख अतिथीका एवम् भेरी नगरपालिका उप प्रमुख भावना भण्डारीले यूवापंक्तिले राखेको माग एकदम सही भएको र नगर सरकारले जतिवेला पनि सम्बोधन गर्ने बताइन ।

उनले भनिन्र्, हामी जनप्रतिनीधिले पनि यूवालाई चिन्नुपर्छ र उनीहरुका समस्याको सम्बोधन गरिनुपर्छ ।र्’ भेरी नगरपालिका सरकार यूवाको माग सुनुवाई गर्न तयार छ जतिवेला हुन्छ रचनात्मक रुपमा नगरपालिकामा कार्यक्रमको माग गर्नुहोस ।’ यस्तै भेरी नगरपालिकाकी प्रवक्ता पार्वती विकले, प्रत्येक सरकारले यूवालाई साथ दिनुपर्ने बताएकी छन ।

उनले भनिन्र्, भविष्यका कर्णदार यूवालाई हामीले अवसर नदिए कसले दिने ?’ हामीले यूवालाई अवसर जसरी पनि उपलब्ध गराउनु पर्छ ।’ कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद जैसी, लगायत तीन गाउँका १ सय भन्दा बढी यूवाहरुको उपस्थिती रहेको थियो । #भेरीमालिका#

तपाईको प्रतिक्रिया