जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न

जाजरकोट । नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेको छन । ३१ औँ जन्म उत्सवमा अध्यक्ष बस्नेतले नेपाल आमा अनाथ आश्रम जाजरकोटमा रहेका ५२ जना अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेका हुन ।

खाद्यान्नको अभाव रहेको आश्रममा खाद्यान्न सहयोग गर्नु निकै प्रशंसनीय कार्य भएको पत्रकार जनक केसीले बताए । उनले भनेर्, जिल्लाका सात वटा स्थानीय तहका बालबालिका उक्त आश्रममा रहेका छन । आश्रममा खाद्यान्न अभाव हुन्छ । यस्तो अवस्थामा सहयोग गर्नु निकै राम्रो काम हो ।’

५२ जना बालबालिकालाई एक महिना सम्म पुग्ने खाद्यान्न सहयोग गरेपछि अनाथ बालबालिकाका साथै आश्रम सञ्चालक समेत खुशी भएका छन । आफ्नो सामाजिक सञ्जाल फेसवुकमा अध्यक्ष बस्नेतले लेखेका छन, आज मेरो जन्मदिनको अबसर नेपाल आमा अनाथ आश्रम भेरी नगरपालिका ३ जाजरकोटमा रहेका ५२ जना अनाथ बालबालिकाको लागि एक महिनाको लागि खाद्य सहयोग गर्ने अबसर मिल्यो । आगमी दिनमा पनि सहयोग गर्न अबसर मिल्ने छ ।’

तपाईको प्रतिक्रिया