बारेकोटका जनताको नेकपा प्रति मोह, काँग्रेसको टोल इन्चार्ज सहित ४ दर्जन नेकपातिर !

No description available.

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा नेकपा प्रवेश गर्नेको लहर लागेको छ । गाउँ कमिटीको सर्कुलर अनुसार गाउँगाउँमा गरिएको भेटघाट कार्यक्रममा नेकपा प्रवेश गर्नेको लहर देखिएको हो ।

जाजरकोट जिल्लामा काँग्रेस प्रवेश गर्नेको लहर देखिए पनि बारेकोट गाउँपालिका भित्रका ४ दर्जन भन्दा बढी नेपाली काँग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेको बारेकोट गाउँपालिकाका सह ईन्चार्ज तिलकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार, गाउँगाउँमा गरिएको नेकपाको कार्यक्रममा वडा नं ५ का नेपाली काँग्रेसका टोल ईन्चार्ज टेकबहादुर सिंह सहित चार दर्जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

यस्तै नेकपा प्रवेश गर्नेमा वडा नं ४ का पृथीबहादुर सिंह, विष्णु सिंह,लक्ष्मी सिंह, वडा नं ३ मा कर्णबहादुर बोहरा, टेकबहादुर बोहरा, जयकली बोहरा, लक्ष्मी शाही, वडा नं ५ मा दानबहादुर सार्की, विर्मी सार्की, टेकबहादुर सिंह, रतन सार्की, रतन सार्कीले काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन ।

यस्तै वडा २ का रुपेन्द्र सिंह र वडा नं. ८ का सोमराज रावलले पनि काँग्रेस तिर प्रवेश गरेका छन । अरु पालिका तिर काँग्रेस प्रवेशको लर्काे देखिए पनि बारेकोट गाउँपालिकामा भने नेकपा प्रवेश गर्नेको लर्काे लागेको छ । जनतालाई स्थानीय सरकारले गतिलो सेवा सुविधा नदिएका कारण नेकपा प्रवेश गरेको उनीहरुको भनाई छ ।

No description available.

जनताको मर्म बुझ्ने पार्टी भनेको नेकपा भएको भन्दै प्रवेश गरेको उनीहरुको भनाई छ । नवप्रवेशीहरुलाई नेकपा बारेकोटका ईन्चार्ज डम्बरबहादुर सिंह सहित अन्य नेताहरुले स्वागत गरेका छन । पार्टीका विभिन्न कार्यक्रम चलाईराखेको छ ।

तपाईको प्रतिक्रिया