
जाजरकोट । वैदेशिक रोजगारमा रहेका नलगाड नगरपालिका ६ का एक जनाले पहिरो पीडितलाई सहयोग गरेका छन ।
गत साउन २४ गते रात्ती परेको अविरल बर्षाका कारण पहिरो पीडित नलगाड नगरपालिका ६ का परिवारलाई वैदेशिक रोजगारमा रहेका विनोद रावल ले ५ हजार आर्थीक सहयोग गरेको हुन । नेपाल यूवा परिषद जाजरकोटका संयोजक प्रविन विकको विशेष पहलमा आर्थीक संकलन गरिएको नेपाल यूवा परिषद जाजरकोटले जनाएको छ ।
पहिरो पीडित नलगाड नगनरपालिका ६ पिउलीका मानबहादुर विकको परिवार अहिले छीमेकीको घरमा बस्दै आएको छ । पहिरोका कारण विकको १० लाख भन्दा बढी क्षति भएको थियो । पीडित परिवारलाई अहिले के खाने भन्ने समस्याले हैरान पारेको छ ।
यस्तै , अवस्थामा सहयोग गर्ने विनोदलाई पीडित परिवारले मन देखि नै धन्यवाद दिएको छ । समाजसेवी रावलले पटकपटक दुखी गरिवको सेवा गर्दै आएका छन । उनको सेवालाई समाजले सम्झिदै आएको छ ।
















































। ३० आश्विन २०७७, शुक्रबार