जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका भित्रका सबै मेलामा प्रतिबन्ध लगाईएको छ । परम्परागत रुपमा गाउँपालिका भित्र सञ्चालन हुने मेलाहरु यस बर्ष कोरोना महामारीका कारण प्रतिबन्ध लगाईएको हो ।
असोज २६ गते बसेको गाउँ कार्यपालिकाको वैठकको निर्णय अनुसार पालिका भित्रका सबै मेलाहरु स्थगित गर्ने निर्णय गरिएको गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए ।
परम्परागत रुपमा सञ्चालन हुदैँ आएको वडा नं १ को रामीडाँडा मेला, वडा नं २ को सुगुरखाला मेला तथा वडा नं ६ को कार्कीज्युँला स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । प्रत्येक बर्षको कोजाग्रत पुर्णियामा लाग्ने रामीडाँडा मेलामा बारेकोट गाउँपालिका भित्रको पहिचानलाई प्रस्तुत गर्ने गरिन्छ ।
गाउँपालिका भित्रका मात्र होइन, पालिका बाहिरका नागरिकको समेत उपस्थिती हुने मेला कोरोना महामारीका कारण स्थगित गरिएको गाउँपालिकाका उपाध्यक्ष ओमा कुमारी शाहीले जानकारी दिइन ।
गाउँपालिका भित्रका कृषि उतपादनले समेत बजार पाउने मेला यस बर्ष स्थगित भएको सुन्दा साह्रै मन दुखेको बारेकोट १ बयालका सन्तोष विकले दुखेसो गरे । मेलामा वितरण गरिने भनेका फलफुल तथा तरकारीले बजार नपाउने र बारीका कुहिने समेत उनको भनाई छ । यस्तै वडा नं २ को सुगुरखालामा लाग्ने मेलामा बारेकोट गाउँपालिका भित्रका ५ सय भन्दा बढि दर्शक आउने मेलाका रुपमा चिन्ने गरिएको छ ।
स्थानीय उत्पादनले बजार पाउनुका साथै, कला संस्कृतिले सजिने मेला स्थगित भएको स्थानीय भीमबहादुर नेपालीले बताए । उनले भने, “कोरोना बाट बच्न सरकारले दिएको निर्देशनका आधारमा मेला स्थगित भयो होला यो एकदम राम्रो कार्य हो ।”
मेलामा स्थगित पछि स्थानीय व्यापारीलाई आफुले उत्पादन गरेका वस्तु कहाँ बेच्न भन्ने चिन्ता भएको स्थानीय व्यापारी भीमबहादुर थापाले बताए । गाउँपालिकाको वडा नं ६ मा सञ्चालन हुने कार्कीज्यँला मेलामा झन्डै २ सय भन्दा बढी दर्शक आउने गरेको पत्रकार लोकेन्द्र विश्वकर्माले जानकारी दिए । कोभिड १९ को असरले त्यहाँको मेला समेत स्थगित हुने भएको छ ।
सरकारले सामाजिक दुरी कायम गर्ने, मेला महोत्सव बन्द गर्ने, विवाह लगायतका कार्य नगर्न सबैले निर्देशन दिएको वेला गाउँपालिका भित्रका सबै मेला स्थगित गर्नु गाउँपालिकाको सरहनीय काम भएको स्थानीयले बताएका छन ।
यस्ताे छ सार्वजिनक सुचना

















































। २९ आश्विन २०७७, बिहीबार