हरेक चुनावमा चर्कने कुदुको खानेपानी समस्या नारामै सीमित

सिँचाइ भए जिल्लालाई खाद्यान्न आपूर्ति हुने

जाजरकोट । हरेक चुनावका वेला देशका शीर्ष राजनितीक दलका नेता तथा कार्यकर्ता कुदुवासीको घर आँगनमा ज्याँदा खानेपानीलाई प्राथमिकता राख्ने गर्छन । खानेपानीका लागि पहल गरिदिने भन्दै चुनावमा प्रमुख एजेण्डा बनाएका नेता तथा कार्यकर्ताले चुनाव पछि भने स्थानीय घरदैलोमा कहिल्यै गएनन । चुनावको नारामा मात्रै सीमित गरेका राजनितिक दलहरुलाई अवको चुनावमा भोट नै नदिने स्थानीय बताउँछन ।

हामीलाई झुक्याएर खानेपानी मात्र बनाईदिन्छौ भन्ने तर नबनाउने नेतालाई केको भोट ? भन्दै स्थानीय गुनासो पोख्छन । घरआँगनमै मौसम अनुसारको शक्ति प्रदर्शन गर्ने छेउमा बग्ने भेरी नदीले कुदुवासीको तिर्खा भने मेटन सकेको छैन । जाजरकोट सदरमुकाम देखि रुकुम पश्चिम जाने मूलबाटोको रूपमा रहेको भेरी नगरपालिका– १३ कुदु, छिन्चु–जाजरकोट हुँदै डोल्पा जाने मुख्य सडकले ओगटेको भूभाग पनि हो । मध्यपहाडी लोकमार्गले समेत कुदुलाई अँगालो हालेर जगतीपुर हुँदै दैलेख जोड्ने गरी काम जारी छ ।

दुई सयभन्दा बढी घरधुरी रहेको कुदु सडकको हबको रूपमा स्थापित भए पनि खानेपानीको अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्ला भरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै भेदी नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमिनमा अपेक्षित उत्पादन हुन सकेको छैन । पहिले पहिले प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएका परिवार अहिले नजिकै धारो छ तर पानी भर्ना घण्टौ लाईनमा बस्नुपर्छ स्थानीय काली विकले दुखेसो पोखिन् ।

खानेपानीका लागि रातभर प्रखाईमा बस्नुपर्छ । धाराको पानी खान नपाएका स्थानीय नदिको धमिला खानेपानी पिउन बाध्य भएको स्थानीयको गुनासो छ । नदिको पानी आँखाले सङ्लो देखिने पानीलाई सफा भनेर पिउँदै आएका जाजरकोट कुदुका सार्वसाधारणले पानीका लागि धेरै ठाउँमा गुहार मागे । खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा बर्षाै देखि खानेपानीको समस्या धेल्दै आएका छन । यही गाउँबाट प्रतिनिधित्व गर्ने अधिकांश नेता केन्द्रीय राजनीतिमा छन । वर्षौंदेखि आफूहरूले राखेको सानो खानेपानी माग पूरा नहुँदा सर्वसाधारण निराश छन् । कुदुमा पानीको समस्या नौलो नभएको स्थानीयको भनाई छ ।

भेरी नगरपालिकाले ५० लाख लगानीमा निर्माण भएको बोरिङ मेसिनबाट पानी निकालेर वितरण गर्छ । तर, त्यो पानी १ घन्टा पनि आउँदैन । त्यो पनि पर्याप्त हुदैन । पानीका लागि स्थानीय धाउँदै आएका छन । एक घन्टा मात्र आउने पानीले कुदुका सर्वसाधारणलाई छेउ, टुप्पो केही नपुग्ने उनीहरूको प्रतिक्रिया छ । झन्डै दुई सयभन्दा बढी घरधुरी रहेको कुदुमा यो पानी हातीमा मुखमा जिरा भएको स्थानीयवासी बताउँछन ।

सिँचाइ भए जिल्लालाई खाद्यान्न आपूर्ति हुने

भेरी नगरपालिका १३ कुदुमा जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि आकाशे पानीको भरमा यहाँका कृषकहरू खेती गर्दै आएका छन् । पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो ।

सयौँ बिघा जमिन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी गुनासो गर्छन् । भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सकेको भए पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने महिला उद्यमी शिला नेपालीले बताइन ।

नजिकै रहेको भेरी नदीको पानी सदुपयोग हुन सकेको छैन । हरेक चुनावमा चर्को नारामा समेटिने कुदुको खानेपानी र सिचाँइ योजना अझै कतिसम्म नारामै सीमित रहन्छ होला ?

तपाईको प्रतिक्रिया