सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ११ पिपिरामा रहेको इभरग्रिन सेफ एण्ड केयर होस्टेलले विद्यार्थीमा कमाउँदै पढ्दै व्यवस्था गरेको छ । होस्टेलमा बस्ने कर्णाली प्रदेशका दश वटै जिल्लाका विद्यार्थीहरुले कमाउँदै पढ्दै गरेको होस्टेल सञ्चालक नवराज गौतमले जानकारी दिए । उनका अनुसारर्, कर्णाली प्रदेश भित्रका अति गरिव, विपन्न पछडिएका विद्यार्थीहरुलाई होस्टेलले पढ्दै कमाउँदैको व्यवस्था गरेको हो ।’

अहिले होस्टेलमा धर्मबहादुर बटाला कालिकोट, जग्गी प्रसाद जैसी हुम्ला, चन्द्र प्रसाद जैसी सुर्खेत, हरिबहादुर डाँगी रुकुम, यशोदा पोखरेल रुकुम, रवि किरण पोखरेल रुकुम लगायत जिल्लाका विद्यार्थीहरु पढ्ने गर्छन ।
उनीहरुले होस्टेलमा पढ्दै कमाउँदै गर्दा आफुहरु साह्रै खुशी भएको बताएका छन । साथै यस बर्षको परीक्षामा उत्कृष्ठ अंक ल्याउन सफल भएको समेत सञ्चालक गौतमले जानकारी दिए । गत बर्ष उत्कृष्ठ अंक ल्याएका विद्यार्थीहरुमा, विवेक आचार्य ९४.११, चन्द्रप्रकाश जैसी ९४.०८, नविन ज्ञवाली ९०.०, सीता थापा ८९.०९ सत प्रतिशत नजिता ल्याएर सफल भएका छन ।

साथै बर्ष बर्ष पनि विभिन्न विषयमा भर्ना खुलेकोले समयमै सम्पर्क गर्न हुन अनुरोध गरिन्छ । विद्यार्थीको चाहाना अनुसार पढाई हुने होस्टेलमा रुपमा परिचित समेत रहेको छ ।

















































। २६ आश्विन २०७७, सोमबार