ठेका बनाएरै बर्षमा २ लाख कमाई


जाजरकोट । देशमा रोजगारीका अवसर छैनन भन्दै धेरै नेपालीहरु विदेश पलायन हुने गरेका छन । उनीहरुले नेपालमा कुनै पनि सम्भावना नदेखेर विदेशमा गएका उदाहरण थुप्रै छन । यो उदाहरणलाई नलगाड नगरपालिका ७ दल्लीका नन्दराम चनाराले तोडिदिएका छन । उनले काठको ठेका बनाएर वर्षमा २ लाख रुपैँया आम्दानी गर्दै आएका छन ।

ठेका बनाएर उनले दैनिक ९ सय रुपँैया सम्म कमाउने गरेका छन । आफ्ना बुवा बाजेले ठेका बनाउने काम गरेको र आफुले पनि त्यही पेशालाई निरन्तरता दिएको उनको भनाई छ । उनलाई ठेका बनाउने सीप बुवाले सिकाएका थिए । बुवाले सिकाएको त्यही सीप अहिले ६ जनाको परिवार पाल्ने गतिलो आधार बनेको छ नन्दरामको । उनले १५ बर्षको उमेरदेखि नै ठेका बनाउन थालेका थिए ।

उनले अहिलेसम्म करिब ३५ सय बढी ठेका बनाई सकेका छन । उनले साना ठेका एक दिनमा २ वटा र ठुला ठेका एउटा बनाउन सक्ने उनी बताउँछन । उनले भनेर्, ठेका बनाउँदै जाँदा तयार भैसकेको ठेका फुट्छ्न, कतिपयले किन दुख गर्नुहुन्छ ठेका फुट्छ मेहेनेत खेर जान्छ भन्छन तर मनले मान्दैन ।’ नन्दरामको दुई छाक टार्ने भनेको ठेका बनाएर नै हो जति पटक फुटे पनि त्यति पटक त्यति पटक बनाउने गरेको उनको भनाई छ । पशुपालन किसानहरुले गर्दा नै पेशा फस्टाएको बताए ।

उनको लोभलाग्दा कमाई देखेर नलगाडका अन्य स्थानीय यूवाहरु ठेका बनाउने पेशाप्रति लागेको उनको भनाई छ । ठेकाहरु किसानहरुले दुध, दही, ध्यू, मही, तथा अन्नपात राख्ने गरेका छन । उनी जस्तै धेरै यूवाहरुले स्वदेशमै काम गर्ने हो भने कमाई राखे आधार बन्न सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया