शिला नेपाली
भेरीनगरपालिका ३ स्याँला जाजरकोट ।
२०४७ साल देखि निरन्तर लागि रहे
कहिले कलाकार कहिले नेता भएर
कहिले महिला अध्यक्ष सचिव भएर
कहिले किसान कहिले उद्यमी भएर
पश्चिम देखि पुर्व पुगेर गणतन्त्रको पक्षमा
कहिले उकाली कहिले ओराली कहिले पहाड
कहिले तराई कहिले देउसी भैलोको सन्देश दिदै
निरन्तर म हिडे लडे कयौँ जुलुस र भाषणमा
कति यातना र अवहेलना सहनुप¥यो
तर अहिले निरास नभएर लागि रहे
जस्तो परिस्थितीमा पनि हिडि रहे
१० बर्षे जनयुद्धमा पनि यातना सही रहे
तर कहिले निरास र डरपोक भईन
जस्तो सुकै अपठ्यारो परिस्थितीमा निडर भई
सधै अगाडि अगाडि बढ्ने प्रण गरी लडि रहे
त्यसैले आज यो नयाँ दिन देख्न पाएँ ।
संविधान आएकोमा कतै खुशीयाली
कतै बन्द हडताल कतै संविधान जलाउने
ज सो यो संविधान सबैको लागि
ति विरोध गर्ने शक्ति पनि लडेका हुन
तिनीहरुका भाई बहिनीले रगत बगाएका हुन
किन भुलेका होला खै ? मैले बुझिन
यो महान कार्यमा सबैले खुसी मनाऔँ
यो महान कार्यमा सबैले खुसी मनाऔँ
यो हाम्रो ठुलो गौरव शाली उपलब्धी हो ।
आज आमाको नाम बाट नागरिकता पाउने भएको छ
दलितहरुले विशेष आरक्षण पाउँने भएका छन
वृद्धवृद्धाहरुलाई लागि अधिकार समेटिएको छ
तेस्रो लिंगीले अधिकार पाएका छन
यो ठुलो उपलब्धी र उपहार हो
१४÷१५ हजार विर सहिदहरुको बलिदानी हो
यो महान दिन आफै आएको छैन
विर विरंगनाहरुको रगतको मुल्य हो
यो रगतको महंगो मुल्य हो
यो रगतको महंगो वस्तुलाई जोगाई राख्नुपर्छ
पुर्व पश्चिम उत्तर दक्षिणका गल्लीहरुमा
अधिकारको शंकघोष गर्दै हिडेको २५ बर्ष
महिला दलित गरीवहरुको अधिकार भन्दै
कहिले मञ्च कहिले कलाकार कहिले उद्यमी
बनेको पनि त वितेछ २५ बर्ष
थाहै भएन मलाई मत महान यात्रामा हिडेको
गौरवशाली यात्रा हिमाल भन्दा उच्च यात्रा
असोज ३ गते बल्ल जनताको संविधान आयो
नेपाली जनताको घर आंगन मन भित्र आएछ
समय वित्न पनि वेर हुदो रहेछ र यति छिटैं
२५ बर्ष साढे २ दशक वितेछ मलाई पत्तै भएन
म त सधै अगाडि बढे, बढि रहे कहिले रोकिएन
त्यसैले २०७२ असोज ३ मा संविधान आयो
मत खुशीले हर्ष विभोर भए दलित पढ्न पाउने भए
गरिव र महिलाहरुले केही गरी खान पाउने भए
यूवाहरुको लागि देश भित्र रोजगारी खुल्ने भए
त्यसैले त यो महान संविधान २०७२ आयो
महान संविधानलाई महान तरिकाले पालना गरौँ
खुशीयाली वाँडौ, खुसी हौँ, यसलाई जोगाई राखौँ
लेखक नेपाली ः महिला उद्यमीका साथै, नेपाली राजनीतिकमा समेत सक्रिय हुनुहुन्छ ।

















































। ३ आश्विन २०७७, शनिबार