बालविवाह न्यूनीकरणका लागि बन्यो वडा स्तरिय कार्यनिती

जिल्लाको छेडागाड नगरपालिका वडा न.२ ले बालविवाह न्यूनीकरणका लागि कार्यनीति निर्माण गरेको छ ।
सेभद चिल्ड्रेनको आर्थिक सहयोग, छेडागाड नगरपालिका वडा न. २ को समन्वय तथा पाँचतरा युवा संरक्षण मञ्च जाजरकोटको आयोजनामा एक कार्यक्रमका बिच कार्यनीति निर्माण भएको हो ।
वडा कार्यलयमा सम्पन्न भएको कार्यक्रम वडा अध्यक्ष बालकृष्ण बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बालविवाहका कारण हुने शारीरिक र मानसिक समस्याहरुको बारे छलफल भएको थियो भने राज्यले निर्धारण गरेको नीति नियममा रहि यसको रोकथामका लागि सबै जिम्मेवार हुनुपर्ने विषयमा छलफल भएको थियो ।
साथै बालविवाह नगर्ने,नगराउने विषयमा सामुहिक प्रतिबद्धता समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया