
कालीबहादुर नेपाली
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका २ का भुपेन्द्र विश्वकर्मा एसईई परीक्षाको तयारीमा थिए । हिउँद महिना निकै मेहनतका साथ अध्ययन गरेका उनले एसइई दिन पाएनन् ।
कोराना भाइरसका कारण सरकारले एसइई परिक्षा गर्न नसकेपछि उनी अहिले घरको खेतबारीमा ब्यस्त छन । अहिले उनी बाख्रा चराउन जंगल जाने गर्छन् । अहिले सम्मको पुरै समय बाख्रा संग बितिरहेको छ । फुर्सदको समयमा रेडियो सुन्छु ।
यहाँ टिभी अनलाइनको सुविधा छैन । सुविधा सम्पन्न ठाउँमा टिभी, अनलाइनमा पढाइ भइरहेको सुन्दा निकै पश्चाताप हुने गरेको छ । उनले भने, ‘कोरोनाले दुर्गमका बालबालिकालाई पढाईबाट बञ्चित गराएको छ । सुगमकालाई राम्रो । ’
राम्रो संग फोन नलाग्ने, टिभी र इन्टरनेटले काम नगर्ने दुर्गम ठाउँमा जन्मिएर पछुतो भइरहेको उनी बताउँछन् । सरकार शिक्षा क्षेत्रमा नयाँ प्याकेज ल्याउँछ । त्योे दुर्गमका विद्यार्थीलाई आकाशको फल जस्तै छ । उनले दुख पोखे, ‘मनमा जति पढ्ने इच्छा भए पनि के गर्नु ? स्रोतसाधन केही छैन । मोबाइल चार्ज गर्न त सोलार खोज्दै दिनभरि समय खर्चिनुपर्छ ।’
उनी एक प्रतिनिधिमुलक पात्र मात्र हुन् । जिल्लाका सात वटा स्थानीय तहका बालबालिका पनि बन्दाबन्दी भएको समयदेखि घरायसी काममा जोतिनु परेको छ । अभिभावकले जे काम गर्छन्, त्यही काममा खटिनु पर्ने अवस्था छ । ’ पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका हुन् । कुटो, कोदालो, नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा संकलन गरी अभिभावकलाई सघाउने काममा रहेको यहाँका बालबालिकाहरू बताउँछन् ।
देशका अन्य सुविधा सम्पन्न ठाउँमा इमेल, इन्टरनेट, टिभी र रेडियोबाट शिक्षा आर्जन भइरहेको छ । दुर्गममा कुनै स्रोत साधन नहुँदा विद्यालयमा पढेको सबै बिर्सि सक्ने बेला भइसकेको छ, उनले भने,‘एकै नासको शिक्षामा समेत पढाईमा भेदभाव हुदाँ चित्त भक्कानिएर आउँछ । ’
श्री माद्यामिक विद्यालय जुनीचाँदेका शिक्षक प्रविन विकले कोरोना महामारीले दुर्गमका बालबालिकाको पढाई चौपट भइरहेको बताउँछन् । यो बीचको समय विद्यालय बन्द छ, त्यसैले यहाँका बालबालिका गाई, गोरु र भैँसीका लागि घास संकलन गर्नेदेखि घरवरीपरी लगाएको खेतवारी गोडमेल गर्ने गर्छन् ।
विद्यालय बन्द हुँदा दिनभरि घरायसी काम गरेर समय बित्छ । बाबाआमालाई विभिन्न काममा सघाउने गरेको विद्यार्थीहरू बताउँछन । विद्यालयलाई क्वारेन्टिन बनाईएको थियो । अहिले भेरीनगरपालिकाको त्रिभुवन माद्यामिक विद्यालय प्रहरी, जनप्रतिनिधिको घेराबन्दीमा परेको छ । बिहानै बाख्रा चराउन जङ्गलमा जाने र उत्तैबाट भैँसीलाई घाँस संकलन गरेर ल्याउने काम गरेर दिन बित्ने गरेको कक्षा ११ मा अध्ययनरक्त विद्यार्थी गणेश पहाडीले बताए ।
पहिले विद्यालयमा पढेर दिन बितिरहेको हुन्थ्यो, अहिले पशुचौपायसँग दिन बित्ने गरेको छ । उनले भने, ‘खेतवारी गोडमेल देखि घरमा खाना बनाउने सम्मका काममा अधिकांश विद्यार्थीले अभिभावकलाई सघाइरहेका छन् । पढ्ने उमेरका बालबालिका यो समयमा सबैभन्दा प्रभावित छन् । ’ बन्दाबन्दीदेखि नै किताबसँग भेट हुन छाडिसकेको छ ।
गाउँ, गाउँमा रेडियोकोे समेत पहुँच नहुँदा कहाँ के भएको छ, सजिलै थाहाँ हुदैन् । स्थानीय गाउँलेहरूले बजारबाट फर्किएपछि त्यहाँ सुनेको जानकारी गाउँमा आएर बताउँछन् । यो दुर्गम ठाउँमा सूचना वा सन्देश हो । बजार बन्द भएका कारण गाउँलेहरू सजिलै जान र आउनसक्ने अवस्था नहुँदा सामान्य जानकारी पाउन दुईदेखि तीन दिनसम्म पर्खनु पर्ने अवस्था दुर्गमका बालबालिकाको छ । नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा परेको भए स्वअध्ययन गरेर ज्ञान आर्जन गर्न सकिने अवस्था हुन्थ्यो ।
सदरमुकाम खलङ्गा र अन्य स्थानीय तह नजिकको ठाउँमा मात्र इन्टरनेट सेवा उपलब्ध छ । विद्यालयमा जोडिएका इन्टरनेटबाट जानकारी लिने विद्यार्थी त्यहाँ क्वारेन्टिन निर्माणपछि कोरोनाको त्रासले जान सकेका छैनन् । आधारभूत र मावि तह मात्र होइन, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई समेत हैरानी हुँदै आएको छ । जाजरकोटका अधिकांश बालबालिका घरायसी काममा अभिभावकसँग खटिने गरेका छन् ।
कोरोना भाइरसले दुई प्रकारका शिक्षाको विकास गरेको अभिभावकहरूको बुझाई छ । पहुँच र प्रविधिसँग नजिक भएका विद्यार्थी दैनिक पढिरहेका छन् । दुर्गमका विद्यार्थी घरायसी काममा व्यस्त हुँदा शैक्षिक उपलब्धिमा घाटा भएको छ । कसैले घाँस दाउरा, पशु चौपायसँग दिन बिताएका छन् भने कसैले सधैँ इन्टरनेटको माध्यमले ज्ञान आर्जन गरिरहेका छन् । विद्यालय खुल्ने समय एकिन हुन नसक्दा विद्यार्थी निकै चिन्तित छन् ।
१५ बर्षकी रेखाको सपना अधुरै
कुशे गाउँपालिका ५ खुर्पाकी १५ वर्षीय रेखा बिष्ट हाल नलगाड नगरपालिका ५ पोखरामा बस्दै आएकी छन । बिष्टको बुवा छैन्न । आमाले अर्को बिहे गरिन । अहिले रेखाले दुखद जीवन बिताउदै आएकी छन । बिष्टको घरमा एक जना दाइ छन ।
उनी पनि पोखरामा नै बस्छन । बिष्टको परिवारमा स्याहार सुहार गर्ने कोहि नहुँदा उनको जिबनमा बज्रपात परेको छ । उनको बुवाको एक वर्ष अगाडि भिड्बाट लाडेर मृत्यु भयो । आमाले रेखा नौ मैनाको हुदा बिहे गरिन । बिष्टको दुईवटा मामा थिए । उनिहरुको पनि मृत्यु भैसकेकोले माइजुहरुले आफुलाई घृणा गर्ने बिष्ट बताउँछिन ।
बिष्ट अहिले कक्षा ८ मा पढ्छिन । बिष्टलाई पढाई खर्च सस्थाले बेहोर्ने भनेता पनि अहिले सम्म खर्च पनि नदिएको कस्ले कता लियो ? के भयो ? भन्ने कुरा केही थाहा नभएको बिष्ट बताउछिन।
उनी भन्छिन, आफ्नो पढने ठुलो सपना थियो, तर आफ्नो कोहि नहुदा कसरी पढ्ने भन्ने निकै चिन्तित छु । कसैको सहयोग पाएमा पढेर ठुलो मान्छे बन्ने बिस्टको ठुलो धोको छ ।
#भेरीमालिका दैनिक# काेराेनाकाे पछीकाे जाजरकाेटका बालबालिका #
















































। ३० भाद्र २०७७, मंगलवार