प्रेस संगठन जाजरकोटको सहजीकरणमा स्वास्थ्य सामग्री वितरण

No description available.

जाजरकोट । प्रेस संगठन जाजरकोटको सहजीकरणमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । शुक्रबार प्रेस संगठन कर्णाली प्रदेशका संयोजक वीरबहादुर गिरीले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अध्यक्ष धर्मशिला बस्नेतलाई हस्तान्तरण गरेका हुन ।

प्रेस संगठन जाजरकोटका सचिवालय सदस्य रेशमबहादुर खड्काका अनुसार, मास्क ५ सय थान, सेनिटाईजर, १५ थान पीपीई सेट, संयोजक गिरी र भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष धर्मशिला बस्नेत र डाक्टर सुनिल पुनलाई हस्तान्तरण गरिएको छ ।

जाजरकोटमा रहेका  क्रियाशिल पत्रकारहरुलाई प्रेस जाकेट समेत वितरण गरिएको प्रेस संगठन जाजरकोटका संयोजक हेमन्त खत्रीले जानकारी दिए । ५ थान पीपीई सेट नलगाड नगरपालिकामा वितरण गरिएको समेत बताए । मनघरी फाउन्डेसनको विशेष सहयोगमा वितरण गरिएको हो ।

No description available.

तपाईको प्रतिक्रिया