जंगली जनावरको आतंक,   किसान भन्छन, मकै जोगाउन खेतवारीमा रात वित्छ’

कालीबहादुर नेपाली
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीको दैनिकी दिनभर खेतवारीमा वित्छ । खेतवारीमा काम गर्नका लागि भने उनी बसेका होइनन् खेतबारीमा लगाएको मकै जंगली जनावर बाट बचाउन खेतवारीमै दिन विताउने गरेको उनी बताउँछन । उनले भनेर्, कति वेला बाँदर, स्याल आउँछन सबै मकै सकेर गई जाने रहेछन । एक बगाल बाँदर आयो भने सबै खेतवारीको मकै सखाप पारिदिन्छन ।

अरु घरका सदस्य घरायसी काममा व्यस्त हुन्छन म भने विहान वेलुका मकै जंगली जनावर बाट बचाउन खेतको डिलमा बस्ने गरेको छु उनले थपे ।’ दिनमा भए त अलि जोगाउन सकिन्छ रातमा पनि दुम्सी आउने भएकोले टर्च लाईटको भरमा रातभर बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । जंगलको छेउमा खेतवारी भएकोले आफुलाई जंगली जनावर बाट कसरी मकै जोगाउन सकिन्छ भन्ने चिन्ता लागेको उनी बताउँछन । उनी मात्र होइन, बारेकोट गाउँपालिका २ ध्यारगाउँका विष्णु गिरीको दैनिकी पनि रतनबहादुर नेपालीको जस्तै वित्छ । उनले भनेर्, बर्खाको समय आयो की चिन्ता लाग्न थालिहाल्छ ।

दिनमा त सबै हेर्नु छ तर रातभर पनि जंगली जनावरले सबै मकै सखाप पार्ने भएकोले रातभर जाग्राममा बस्नुपर्ने बाध्यता छ ।’ उनले लगाएको ३ रोपनी जग्गाको मकै आफुले दुःख नगर्ने हो भने जंगली जनावरको आहारा बन्ने उनको भनाई छ । रातभर खेतवारीको डिलमा बसे पनि जंगली जनावरले धेरै खाइदिन्छ । नबस्ने हो भने त सबै सखाप पारिदिने अर्का किसान डिल्ली गिरीले जानकारी दिए । बारेकोट गाउँपालिका भित्रका अधिंकाश किसान यतिवेला जंगली जनावर बाट कसरी मकै बचाउन सकिन्छ भन्ने चिन्तामा रहेको गाउँपालिका उपाध्यक्ष ओमाकुमारी शाहीले जानकारी दिइन ।

उनले भनिनर्् यस क्षेत्रका किसानका खेतबारी भिरोलो ठाउँ र जंगलको छेउमा भएकोले यहाँ बाँदर,स्याला, दुम्सी, भालु लगायतका जंगली जनावरले किसानको मकैमा खेती पुर्याउने गरेको छ ।’ बारेकोट गाउँपालिका मात्र होइन नलगाड नगरपालिका ५ का किसान समेत चिन्तामा परेका छन ।

जंगली जनावर बाँदरले सबै मकै वाली नष्ट गरेपछि यहाँ किसान चिन्तामा परेको नलगाड नगरपालिका कार्यपालिका सदस्य अस्मिता विकले बताइन । उनले भनिन्र्, बालिमा आएको बाँदर धपाउने कुनै उपाय नभएपछि यहाँका किसान दिनरात खेतमा बाँदर कुरेर बस्नु परेको छ ।’ नलगाड नगरपालिका ५ पोखराका किसानहरुको वास हिजो आज खेतमै हुने गरेको छ । खेतमा आउने बाँदर र स्याल धपाउँदैमा उनिहरुलाई फुर्सद छैन ।

खेतमा लगाएको मकै बाली पाक्न लागेको छ । दुखले फलाएको मकै बाँदरले खाएपछि उनिहरु चिन्तित बनेका हुन । किसानले बस्ने सानो छाप्रो बनाएका छन, त्यहि नजिक कुकुरलाई बाँधेर राखेको तर स्याल र बाँदरको हुल अर्को छेउ तिर बाट आएर मकैको खेतमा पस्ने भएकोले आफुहरु बस्नुनै पर्ने नलगाड नगरपालिका ५ का किसान तप्त वलीले बताए ।

कुशे गाउँपालिका , भेरी नगरपालिका, शिवालय गाउँपालिका,छेडागाड नगरपालिका का किसान समेत जंगली जनावरको आतंक बाट छुट पाउन सकेका छैनन । जुनीचाँदे गाउँपालिका वडा २ का वडाध्यक्ष रामबहादुर नेपालीका अनुसार, जंगली जनावरले किसानको वाली सखाप पार्ने गरेको छ । उनले भनेर्, रातदिन मिहिनेत गरिरहनु पर्दा राम्रो सङ्ग खाना सुत्न नपाएका यहाँका किसानहरुको पिडा छ ।’ रातमा केही बेर सुत्नका लागि आफ्नो सिरानी सम्मको डोरी बनाएर बिचमा घाँडो बाँधेर बिउझिएको समयमा डोरी हल्लाएर घाँडो बजाएर बाँदर धपाउने जाजरकोटका किसानले गरेका छन ।

कोरोना महामारीका कारण कमाई गर्न नगएका किसानहरु खेतवारीको मकैको भरमा बसेका छन । जंगली जनावरले मकै सकेपछि जाजरकोटका किसान चिन्तामा परेको कुशे गाउँपालिका ५ ढिमेका किसान जनक चन्दले बताए । बर्षाै देखि जंगली जनावरको आतंक बाट पिडीत बनाएका किसानका लागि सरकारले कुनै राहतको व्यवस्था गरेको छैनन ।

जंगली जनावरले छोडेको अन्न किसानका लागि ६ महिना सम्म काम गर्दैन । स्थानीय सरकारले क्षति व्यहोरेका किसानका लागि राहत प्याज र तार जालीको व्यवस्था गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताउँछन ।

                            #भेरीमालिका दैनिक#

तपाईको प्रतिक्रिया